प्रतिनिधि सभा आजको बैठक सुरु भएको छ । लामो समयदेखि अवरुद्ध हुँदैआएको सभा बैठकमा प्रमुख तीन दलका नेताहरुबीच वार्ता सफल भएपछि बैठक सुचारु गर्ने वातावरण बनेको हो ।
उत्तरी मोरङको मिक्लाजुङ –३ टाँढीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लि.मा लागेको ताला ११ दिन बितिसक्दा पनि खुलेको छैन् ।
वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ ।
कैलालीमा यसवर्ष पाँच हजार ५०० टन चैते धान उत्पादन भएको छ । एक हजार १०० हेक्टर जमिनमा यस वर्ष चैते धान खेती गरिएको थियो ।
श्रीलङ्कामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली क्रिकेट टोली सोमबार श्रीलङ्का प्रस्थान गरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ ।
मेचीनगर –१० धुलाबारीस्थित साथी किन्डर गार्डेन मन्टेश्वरीको सेफ्टी ट्याङ्कीमा डुबेर एक आठ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् ।
पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ ।
कैलालीको जोशीपुरका रतन धामी एसईई नतिजापछि के विषय अध्ययन गर्ने भन्ने अन्योलमा हुनुहुन्छ । परीक्षामा दुई दशमलव आठ ग्रेड ल्याएका धामीलाई यतिखेर के विषय पढ्ने भन्ने अन्योलता बढे्को छ ।
प्युठानको सरुमारानी गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । खेतीपाती लगाउने समय सुरु भएसँगै पालिकाभित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।
बैतडीको पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटनामा परेको छ ।
सम्बन्धित निकायको निष्क्रियताले करोडौँको निर्माणाधीन खानेपानी आयोजना अढाई दशकदेखी अलपत्र परेको छ । महागढीमाई नगरपालिका–१० गंजभवानीपुर टोलमा करिब २५ वर्षदेखी निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजना ९५ प्रतिशत भौतिक पूर्वाधार तयार पुरा भएपनि यसको संरक्षण गर्ने निकाय मौन बसेको कारण खानेपानीको आयोजना अलपत्र परेको हो ।
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (सोमबार) बसेको शीर्ष नेताको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउने विषयमा सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद् भवन निर्माण कार्य अघि बढाउन निर्देशन दिनुभएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–५, भुवनपानीका नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएको छ ।