प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले महिलाको प्रतिनिधित्व अझै बढी सुनिश्चित गर्ने गरी निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार गरिएको बताउनुभएको छ। उहाँले मस्यौदामा गरिएको व्यवस्था ऐनका रूपमा आएपछि सङ्घीय संसद्, प्रदेश र स्थानीय तहमा महिला सहभागिता अझै बढने बताउनुभयो।
वैदेशिक रोजगारीमा खाडी मुलुक दुबई, कतार, मलेसियालगायतका मुलुकबाट स्वदेश फर्किने नेपाली श्रमिक सुनको अवैध तस्करीमा प्रयोग हुने गरेको खुलेको छ । कतार एयरलाइन्सबाट नेपाल फर्किएका धनुषाका सुनीलकुमार महरा, नरेश पन्जियार, सिरहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तु गुलाम मुराउ र बाँकेका भुमबहादुर वलीले जनही साथमा बोकेर ल्याएको ४८ ग्राम सुनसहित तस्करीको गिरोहले बोकाएर पठाएको अनुसन्धानबाट खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीले खाडी मुलुकबाट फर्किने श्रमिकहरू सुनलगायत महँगा वस्तुको तस्करीमा प्रयोग हुने गरेको पाइएको बताउनुभयो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विभिन्न मित्रराष्ट्र मुलुकसँग भएका विकास सम्झौता कार्यान्वयन चरणमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सोमबार उहाँले नेपाल र अमेरिकी सरकारको सहयोग अनुदानसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अन्तर्गतको परियोजना भदौदेखि कार्यान्वयनमा जाने बताउनुभयो ।
मुलुकको वर्तमान आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा अर्थतन्त्र सकारात्मक रहेको देखाएको हो ।
नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको संसद बैठकमा गल्ती स्वीकारेर गर्नुभएको सम्बोधनलाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।
नेपाली काँग्रेसकी सांसद डा. आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताउनु भएको छ ।
बिर्तामोड –७ स्थित सुन्दर निचाझोडा सामुदायिक बनबाट चोरी तस्करी गरी लगिएको ६ वटा सखुवाका गोलिया बरामद गरिएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि सख्त घाइते हुनुभएका र उपचार तथा क्षतिपूर्तिका लागि तीन हप्तादेखि अनशनरत वीरेन्द्र जैसीको अनशन तोडाउनुभएको छ।
सुदूरपश्चिम प्रदेश सभाको १५ औं बैठकले असार ५ गते सडक दुर्घटनामा परी ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहप्रति शोक प्रस्ताव पारित गरेको छ । तर सभामा बजेटबारेको छलफल अनिश्चित रहेको छ ।
नेपाली सैनिक वार कलेजमा गत चैत १ गतेदेखि सञ्चालन भएको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सोमबार सकिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशसँग जुलाई १३ र १६ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोलीको बिदाइ गरेको छ ।
हेवा खोलामा पेनस्टक पाइप राखेर डाइभर्सन गरिएपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड सुचारु भएको छ । सडक डिभिजन कार्यालय इलाम, फिदिम नगरपालिका, जिल्ला प्रहरी कार्यालय पाँचथर र सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा सोमवार अपराह्न सडक खुलाएका हुन् ।
सुशासन र सेवा प्रवाहको विषयमा स्थानीय तहहरू संवेदनशील र जनमैत्री हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । विशेषगरी जनताको नजिकको सरकारको रूपमा रहेको स्थानीय सरकारले भ्रष्टाचार, अनियमितता तथा व्यवस्थापकीय कुराहरू, सेवा प्रवाहमा चुस्त हुनुपर्ने उहाँहरूको जोड छ ।
नेपाल पुलिस क्लबको महिला टोलीले सातौँ प्रधानमन्त्री कप एभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा लगातार तेस्रो जित निकालेको छ ।
वडा सदस्यले मादक पदार्थ सेवन गरी कर्मचारीमाथि आक्रमणको प्रयास गरेपछि गेरुवा गाउँपालिकाको काम कारबाही ठप्प भएको छ ।