पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेशलाई आगामी भदौमा पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिने भएको छ । कर्णाली प्रदेशका १० जिल्लालाई पूर्ण खोपयुक्त घोषणा भएपछि अब प्रदेश घोषणाको तयारी थालिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गर्नुभएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन संसद् भवनको अवलोकन गर्नुभएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरूको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । सोमबार नेपाल पब्लिक क्याम्पस सङ्घको ३३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पब्लिक क्याम्पस महत्त्व बढेकाले नै यसको सङ्ख्या देशैभरि बढ्दै गएको छ ।’’
पृथ्वी राजमार्गमा सडक अधिकार क्षेत्र मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । आज महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने संरचना हटाएको हो ।
असारको अन्तिम साता आइपुग्दा बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८० तयार गरेको छ । बागमती प्रदेशको प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको हो ।
दक्षिण एसियाली विश्वविद्यालय (साउथ एसियन युनिभर्सिटी) का चार जना प्राध्यापकलाई ‘दुराचार’को आरोपमा निलम्बन गरिएको छ ।
दाङका अधिकांश ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धानखेती गरेका किसान भने धानबाली भित्र्याउने तयारीमा छन् । वर्षमा चैते र बर्खे गरी दुई बाली धानखेती गर्ने किसान अहिले चैते धान भित्र्याउने तयारीमा छन् ।
दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । तामाङ जातिको सांस्कृतिक बाजामा डम्फुको माग हुन थालेकाले उहाँले ‘स्याङ्तान डम्फु उद्योग’ सञ्चालन गरेर सो पेसालाई विगत १५ वर्षदेखि निरन्तरता दिँदै आउनुभएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरिया र सिमेन्टको सहरलाई हरित सहरको रुपमा अघि बढाउन आवश्यक भएको बताउनुभएको छ।
सबै बालबालिकाले खोप सुविधा पाएपछि अब सिङ्गो जिल्लालाई यही असार २९ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिने भएको छ ।
हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका ८ कुइनेमङ्गलेमा निर्माणाधिन जलविद्युत आयोजनामा करिब ४५ लाख बराबरको क्षति भएको छ ।