पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगरभित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही स्थानमा रोपाइँ हुन नसकेको महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो ।
बुटवलमा ४३ वर्षअघि स्थापना भएको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बहुसङ्काय क्याम्पसका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। विश्वविद्यालयको मान्यता दिनका लागि योग्यता निकट पुगेको अर्थात् मान्यता लिन अग्रसर अवस्थालाई मानित विश्वविद्यालय भनिन्छ। क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को १३ औँ सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना अघि बढाइएको बताउनुभयो।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्क्रामक तथा सरुवा रोग अस्पतालको सेवा बिरामीका लागि छिटोछरितो र सहुलियतपूर्ण हुनुपर्ने धारणा राख्नुभएको छ। उक्त अस्पतालको निरीक्षण गर्नुभएका मुख्यमन्त्री पाण्डेले हाल भइरहेकोभन्दा थप स्तरीय र विस्तारित सेवा दिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतपूर्ण र सजिलो गरी सुविधा दिन जरुरी छ।” सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका बिरामीबाट अन्य रोगका बिरामीमा सङ्क्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विषेश ध्यान दिनसमेत मुख्यमन्त्री पाण्डेले सुझाव दिनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको तीन साताभन्दा बढी समय बिते पनि चर्को असन्तुष्टिका कारण बजेटमाथि छलफल सुरु हुन सकेको छैन। सत्तापक्ष तथा प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरूको चर्को असन्तुष्टिका कारण बजेटमाथि छलफल सुरु हुन नसकेको हो।
हिमाल, पहाड तराईको भूबनोट र हावापानीमा थरी थरीका अन्न र फलफूल उत्पादन गरी आत्मनिर्भर बन्ने अनि निर्यात गरी अर्थतन्त्र सुधार गर्न सक्ने सम्भावनायुक्त देश हो नेपाल। तर अघिल्लो वर्ष विश्व बैङ्कले विभिन्न ५० वटा देशको वैदेशिक व्यापार (निर्यात) अवस्था अध्ययन गरेर भनिदियो– नेपालले सबैभन्दा धेरै सम्भावना खेर फालिरहेको छ। यसले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्छ। हुन पनि विगतमा धेरैले कल्पना नगरेको जुस निर्यातको पछिल्लो अवस्थाले गुणस्तरीय
वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो ।
डिजिटल कूटनीति, जसलाई ई–कूटनीति वा साइबर कूटनीति पनि भनिन्छ, अहिले यो अन्तर्राष्ट्रिय सम्बन्ध विकासको क्षेत्रमा नयाँ आयामका रूपमा उदाएको छ। इन्टरनेट र यसको प्रयोगले विश्वलाई सानो गाउँमा बदलिदिएको छ भने कूटनीतिका परम्परागत रूप र शैलीहरू पनि परिवर्तन भएका छन्। यस लेखमा डिजिटल कूटनीति र अन्तर्राष्टिय सम्बन्धका बारेमा चर्चा गरिएको छ। डिजिटल कूटनीति केही दशक अघिदेखि चलनचल्तीमा आएको हो। डिजिटल कूटनीतिले कूटनीतिक सञ्चारमा टेलिग्राफ र रेडियो प्रविधिलाई पछाडि पार्दै इन्टरनेट र सोसल मिडिया प्लेटफर्म अगाडि आए। सामाजिक सञ्जालको व्यापक प्रयोग
नेपालमा कम्युनिस्ट पार्टी गुट, फुट हुँदै अहिले पुनः जुट्ने झिनो प्रक्रियामा छन्। वामपन्थी फुट्नु र जुट्नु सामान्य जस्तै भएको छ। अहिले पनि कम्युनिस्ट पार्टी विभिन्न धारमा विभक्त भएर, चोइटिएर र फुटेर अनेकौँ भँगालामा परिणत भएका छन्। विशेष गरी राजतन्त्र फ्याक्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सदियौँदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई अन्त्य गर्दै लोकतन्त्र, समावेशिता, सङ्घीयता धर्मनिरपेक्षतालगायत उपलब्धि हासिल गर्ने भूमिका निर्वाह (दसव
चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आज देखि व्रत सुरु भएको हो ।
प्रतिनिधि सभाका दस वटा विषयगत समिति र दुई वटा संयुक्त समितिको नेतृत्व लामो समयदेखि चयन हुन सकेको छैन। सभामुखले पटक पटक राजनीतिक दलहरूलाई समितिको सभापति चयनमा सहमतिका लागि पहल गर्नु भए पनि सार्थक रूप लिन सकेको देखिँदैन। संसदीय समितिले नेतृत्व नपाउँदा नियमित रूपले विधायिकी कार्यका साथै सरकारलाई उत्तरदायी तुल्याउन गर्नु पर्ने निगरानीसम्बन्धी कार्य हुन सकेका छैनन्। समितिहरूले विधेयकमाथि प्राप्त संशोधनउपर विस्तृत रूपमा छलफल गरी पारित गर्ने, मन्त्रालय विभागका कामकारबाही उपर निगरानी गर्ने, बजेट, खर्च र उपलब्धिको लेखाजो
कालीकोटको महाबै गाउँपालिका–६ स्थित चन्द्रादेवी माविमा १३ जना शिक्षक छन्। तीमध्ये एक जना मात्र दरबन्दीका स्थायी शिक्षक छन्। १० कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा गाउँपालिका अनुदानका चार जना, राहत कोटाका चार जना, निजी स्रोतका तीन जना र बाल विकास केन्द्रका एक जना छन्। प्रधानाध्यापक धर्मराज शाहीले स्थायी दरबन्दीका शिक्षक नहुँदा पठनपाठन प्रभावकारी बन्न नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रावि तहमा मात्र एउटा दरबन्दी छ, निमावि र माविमा त एउटै छैन। यस्तो अवस्थामा सोचे जस्तो पठनपाठन कसरी हुन्छ ?” कालीकोटमा दरबन्दीका शिक्षकबिनै
ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ गाउँपालिका क्षेत्रफलको हिसाबले नेपालकै तेस्रो ठुलो स्थानीय तह हो। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा यही गाउँपालिकामा पर्दछ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको फक्ताङ्लुङ गाउँपालिकामा जलस्रोतका रूपमा तमोर नदी, घुन्सा खोलालगायत छन्। धेरै पर्यटकीय