गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले सिङ्गो गाउँनै जोखिममा पर्यो । स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए । बर्खा सकिएपछि पहिराको जोखिममा रहेकै घरमा उनीहरु फर्किए ।
काठमाडौं महानगरपालिकाले लाजिम्पाटस्थित आकाश फुड्सलाई एक लाख ५० हजार जरिवाना तिराएको छ ।
कोशी प्रदेशमा सरकार गठनबारे सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । सोमबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइका लागि पेशी तोकिएको हो ।
नेपालको प्रतिनीधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पङ्क्तिमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२ दशमलब सात प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब एक प्रतिशतले बढेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनुभएको छ ।
रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ४ बजे बस्ने भएको छ । सो बैठकबाट असार ५ गते सडक दुर्घटनामा परेर ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहप्रति शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।
पहिरोको जोखिममा रहेको चम्पादेवी गाउँपालिका–८ बिलन्दुको जोखिमयुक्त बस्ती अन्यत्र स्थानान्तरण गर्न पहल गरिएको छ । गत असार ७ गते राती गाउँ माथि बाट आएको पहिरोले घर पुरिदा एकै परिवारका चार जनाको ज्यान गएको थियो ।
राष्ट्रिय सभाको बैठक भोलीका लागि सरेको छ । आज ११ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारण भन्दै मङ्गलवार सोही समयसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
राति अबेर सुतेकाले रमेशलाई निन्द्रा राम्ररी परेन । छटपटी मात्र भइरहन्छ । निदाउन खोज्छ निदाउन सक्तैन । घडी हेर्दा ४ मात्र बजेको । कहिले झ्याल खोलेर हेर्छ त कहिले ओच्छ्यानमा लम्पसार भएर सुत्छ । निदाएको जस्तो पनि लाग्छ उसलाई तर अरूले भनेको कुरा सम्झेर एक्लै बरबराउँछ । फेरि सम्हाल्दै भन्छ, “कसलाई विश्वास गर्ने ? विश्वास गर्नलायकका मान्छे नै कोही रहेनछन् यहाँ । जसलाई विश्वास ग¥यो, लात हानिहाल्ने ।” घडी हेर्छ रमेश । ५ बजिसकेको रहेछ । उठेर ऊ तल जान्छ र ढोकामा टकटक हान्छ । भित्रबाट आवाज आउँछ, “को ? यहाँ कोही पनि छैन । बाहिर गइहाल ।” “म रमेश ।”
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको ऐना पहराको ढुङ्गामा विभिन्न आकृति खोपेर आकर्षण बनाउने काम धमाधम भइरहेको छ । ऐना पहरामा रहेको झरनामा रमाउन आउने पर्यटकलाई थप आकर्षित बनाउन आकृति खोप्ने कामलाई तीव्रता दिइएको हो ।
कोशी प्रदेशमा लागूपदार्थ सेवन गरेर ट्रिपर वा अन्य सवारी साधन कुदाउँदा दुर्घटना बढेको बताइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजेशनाथ बास्तोलाले मादक पदार्थ सेवन जस्तै लागूपदार्थ सेवनले दुर्घटना बढाएको बताउनु भएको हो ।