गोरखापत्र अनलाइन
काठमाडौं, असार २५ गते । प्रतिनिधि सभा आजको बैठक सुरु भएको छ । लामो समयदेखि अवरुद्ध हुँदैआएको सभा बैठकमा प्रमुख तीन दलका नेताहरुबीच वार्ता सफल भएपछि बैठक सुचारु गर्ने वातावरण बनेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि एक पुस्तक विमोचनमा दिनुभएको अभिव्यक्तिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सदन अवरुद्ध गर्दै आएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भन्नु भएपछि बैठक सुचारु गर्न दिने एमालेले जनाएको थियो । बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सम्बोधन गर्नुभएको छ ।