काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ स्थित खड्पुमा धान खेतीले हरियाली देखिएको सुन्दर फाँट ।
कालोपत्रे गुणस्तरहीन भएको भन्दै मोरङको रङ्गेली –९ दोहमनाका उपभोक्ताले कालोपत्रे उक्काइदिएका छन् । बालुवामाथि प्राइमकोड नलगाइकन सिंधैं अस्फाल्ट बिच्छ्याएको भन्दै वडा ९ का वडाध्यक्ष चुडामणि रेग्मीको अगुवाइमा स्थानीयले कालोपत्रे उक्काइदिएका हुन् ।
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन भएको आयोगको समय तीन महिना थप गरेको छ।
तिलोत्तमा नगरपालिकाले २१ वटा विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गरेको छ । नगरभित्रका माध्यमिक तहका २१ वटा विद्यालयलाई मंगलबार प्रतिविद्यालय १–१ वटा ल्यापटप र प्रोजेक्टर वितरण गरेको हो ।
असुरक्षित गर्भपतनले महिलाको ज्यान जोखिममा पर्नेगरेको छ । अनिश्चित तथा अवैध गर्भाधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका साथै जोखिम बढ्दैगएको हो ।
मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।
विद्यापति पुरस्कार कोषले मैथिली भाषाको विभिन्न चार विधामा २०७९ सालका लागि घोषणा गरेको पुरस्कार वितरण गरेको छ ।
मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाएका क्याप्टेनसहित छ जनाको शव काठमाडौं ल्याइएको छ।
विभिन्न बैङ्कको आधिकारिक कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ११ लाख १२ हजार ८४० रुपियाँ ठगी गर्ने महमद मोजाहीद मियालाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत १९औँ एसियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ कक्षा मंगलबारदेखि सुरु भएको छ । तीनदिने कक्षा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरसमा सुरु भएको हो ।
सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले आज शिष्टाचार भेट गर्नुभएको छ।
नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले मंगलबार भएको सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले बुधबार सम्ममा छानबिन समिति गठन गर्ने बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीलाई ब्राण्डिङ गरेर विश्व बजारमा पुर्याउनु आवश्यक रहेको बताउनुभएको छ।