नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाह एसियन एथलेटिक्स एसोसिएसनको सदस्यमा निर्वाचित हुनुभएको छ । थाइल्याण्डको बैंककमा भएको एसोसिएसनको साधारण सभाले शाहलाई सदस्य पदमा निर्वाचित गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्डले दागबत्ती दिनुहुँदा छोरी रेणु र गङ्गा दाहाल साथमा हुनुहुन्थ्यो ।
परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरु आधुनिक बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।
घाँस काट्न गएकी बालिकाको ढुङ्गा लागेर मृत्यु भएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति पु¥याइएको छ ।
नागरिकता सम्बन्धी नयाँ ऐन अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै नागरिकता वितरण गरिएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण सम्पन्नपछि भत्किएको पीसीसी ढलानको रकम कट्टा गरेको छ । उपभोक्ता समितिमार्फत देवीपुर र डालपुर जोडने विसवा खोलामा कल्भर्टको स्ल्याव राख्न र दुवै छेउ पीसीसी गर्न पालिकाले ४ लाख ३१ हजार बजेट विनियोजन गरेको थियो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन थालिएपछि जिल्ला प्रशासनमा बढेको भीड सामान्य बन्दैगएको छ ।
ठेकेदार कम्पनीले समयमा बाटो नबनाएको भन्दै झापा बिर्तामोडका स्थानीयले सडकमै रोपाइँ गरेर विरोध जनाएका छन् । ठेकेदारको लापरबाहीका कारण हिँडडुलमै सास्ती भोग्नुपरेका स्थानीयको आरोप छ । बिर्तामोड नगर अस्पताल जाने सडकमा स्थानीयले धान रोपेका हुन् ।
दोलखाको शैलुङ गाउँपालिकाका किसान तेजबहादुर कार्कीले ठुलो आलु फलाएर पुरस्कार पाउनुभएको छ । गाउँपालिका-८ भैँसेका किसान कार्कीले आलुखेती गर्न लागेको निक्कै समयपछि पहिलो पटक ठुलो आलु फलाएर पुरस्कार पाउनुभएको हो ।
छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री मोदीले आज दुःख व्यक्त गर्नुभएको हो ।
जिम्मा लिएको मिति समाप्त हुँदा पनि मार्तडी कोल्टी सडक निर्माण कार्य भने अझै सम्पन्न भएको छैन
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति मन्त्रिपरिषद बैठकले शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो ।