श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए)ले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्य पूरा गर्न विशेष अभियान सुरु गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले शुक्रबार बताउनु भएको छ ।
पछिल्ला घटनाक्रमका बिच संयुक्त राज्य अमेरिका र इरानका प्रतिनिधि बिहीबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको आपतकालीन बैठकमा सहभागी भएका छन् ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो पहिलो ‘स्टेट अफ द युनियन’ सम्बोधनमार्फत देशको मुख्य राज्य–नियन्त्रित तेल उद्योगलाई विदेशी लगानीका लागि खुला गर्नुपर्ने आवश्यकता औँल्याउँदै संयुक्त राज्य अमेरिकासँग सम्बन्ध सुधार गर्न आह्वान गर्नु भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले सुशासनको सुरुवात अब हरेक निकाय र व्यक्ति आफैँबाट हुनुपर्ने बताउनुभएको छ ।
चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू-संवेदन उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
पर्वतको फलेवास नगरपालिकामा विशेषज्ञ चिकित्सकसहितको टिमले एकै दिन करिव एक हजार तीनसय जना सर्वसाधारण नागरिकको स्वास्थ्य परीक्षण गरेको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ स्थित छोनुप गाउँ नजिक बगिरहेको खोलामा जमेको बरफ र आसपासका क्षेत्र ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने घोषणा गर्नुभएको छ, जुन प्यालेस्टिनी क्षेत्रमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी योजनामा उल्लेखित निकाय हो ।
दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागु गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ ।
सङ्खुवासभामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाम खाँदबारीस्थित जिल्ला हुलाक कार्यालयको भवनमा शुक्रबार कार्यालय स्थापना गरिएको हो ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा अचेल आरोहण गर्नेहरुको चहलपहल देखिन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
भूकम्पबाट सधैँ सतर्क रहनुपर्ने मुस्ताङमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ। कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले गर्नुभयो ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक–सामाजिक अवस्थालगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।