प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द्व अन्त्य गर्ने विस्तृत योजनावद्ध घोषणाको स्वागत गर्नु भएको छ।
नेपाली कांग्रेसले सरकारलाई प्रतिशोधनको राजनीति नगर्न सरकारलाई सचेत गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिशोधनको राजनीति नगर्न सरकारलाई सचेत गराउनुभएको हो।
दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्मका आठदिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।
बडादसैँको नवौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक पूजाआराधना गरी आज देशभर महाअष्टमी पर्व मनाइएको छ।
नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका –५ स्थित तुइन खोलामा आज साँझ ७ः३० बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको हो ।
सप्तरीको राजगढ गाउँपालिका ५ स्थित मलेकपुर टोलमा ढोकाको ताल्चा फुटाएर चोरी भएको छ । स्थानीय सन्तलाल साहको घरमा कोही नभएको बेलामा सोमबार राति चोरले ताल्चा फुटाएर घरबाट करिब ६ लाख तीन हजार रुपियाँ बराबरको सामान चोरी गरेको पीडितको भनाइ छ ।
दसैँ सुरु भएसँगै यतिबेला गाउँघरमा चहलपहल बढेको छ। दसैँ चाड मनाउन गाउँघर फर्कनेहरुका कारण चहलपहल बढेको हो।
गाजा पट्टीमा कुपोषण र अनिकालबाट दिनहु जसो महिला तथा बालबालिकाको मृत्यु भइरहेको जनाइएको छ, अनिकाल र कुपोषणबाट हाल सम्म १५० बालबालिका सहित ४५३ जनाको मृत्यु भएको छ।
आज नेपालले वेस्ट इन्डिजसँग फाइनलमा प्रतिस्पर्धा गर्दैछ। एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारेको नेपालले आज फाइनल खेल्न लागेको हो।
दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला विद्यालय गेट नजिकै बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले दसैँलगायतका चाडपर्व लक्षित कडा सुरक्षा योजना सार्वजनिक गरेको छ । बडादसैँदेखि दीपावली तथा छठ पर्वसम्मका चाडपर्वलाई लक्षित गरी प्रहरी परिसर भक्तपुरले क्विक रेस्पोन्स टिम परिचालन गरेको हो ।
बडादसैँको महाष्टमीको दिन मङ्गलबार काठमाडौँको इन्द्रचोकमा किनमेल गर्न आएका सर्वसाधारण ।
नेपाली कांग्रेसका नेता मोरङ ३ का निवर्तमान सांसद डा. सुनिलकुमार शर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपियाँ दिने घोषणा गर्नु भएको छ ।
दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार वासिङ्टन नजिकैको क्वान्टिकोमा बोलाइएका सयौँ वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूको दुर्लभ बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ ।