नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ ।
ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् ।
कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका –४ का डम्बर पनेरुका तीन वर्षीय छोरा लक्की पनेरुको उपचारका क्रममा मृत्यु भएको हो ।
तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा दसैंको अवसरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
“व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना थियो । त्यही सपनाले केही गर्न प्रेरित गरेको थियो”, आफ्नो पसल देखाउँदै झापाको बुद्धशान्ती गाउँपालिका–१ पहाडीचोकका कमल मङ्ग्रान्तीले भन्नुभयो ।
आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
कर्णाली प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । यहाँका जाजरकोट, रुकुम पश्चिम र डोल्पामा छ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विजया दशमी २०८२ का अवसरमा दिनु भएको शुभकामनामा सामाजिक सद्भाव कायम राख्दै भड्किलो प्रतिस्पर्धाले नभई आआफ्नो गच्छेअनुसार दसैँ मनाउन आग्रह गर्नुभएको छ ।
आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खुला गरिने तलेजु मन्दिर खुला गर्न सबै तयारी पूरा भएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले परिवारले ज्येष्ठ सदस्यलाई हेरचाहको आवश्यकता भएको व्यक्तिका रूपमा मात्र नभई परिवारको मूल स्तम्भको रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
नेपालले विश्व विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज जितेको छ। टेस्ट राष्ट्रविरुद्धको सिरिज पहिलो पटक जितेर नेपालले इतिहास रचेको छ।
युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले वेस्ट इण्डिजलाई एक सय २३ रनको लक्ष्य दिएको छ।
मंगलबार साँझ अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।