नेपाली कांग्रेस (गगन समूह)ले विशेष महाधिवेशनमा मतदानपछि फिर्ता लिएको हस्ताक्षरले कुनै प्रभाव नपार्ने बताएको छ। गगन समूहका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताउनुभएको हो।
नवलपुरको कावासोती नगरपालिका–४, हसौरामा अवस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा २९ लाख रुपियाँ नगद आर्थिक सङ्कलन भएको छ ।
नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको दाबी गर्नुभएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ।
तनहुँको म्याग्दे गाउँपालिका–२ साठीमुरे आसपासको क्षेत्रमा गरिएको तोरी र केरा खेती ।
अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्याइ रहेको छ । विश्व खाद्य कार्यक्रमका अफगानिस्तान प्रमुखका अनुसार अन्तर्राष्ट्रिय समुदायले यस सङ्कटमा महिला र बालबालिकालाई सहयोग पुर्याउन असफल भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयो।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। ताप्लेजुङ जिल्ला अदालतसँगै रहनेगरी शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दाङको घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि शुक्रबार हेटौँडामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय मकवानपुरको स्थापना गरिएको छ ।
इन्डोनेसियाले देशभरका वन क्षेत्रको संरक्षण र निगरानीलाई थप प्रभावकारी बनाउन २१ हजार वन प्रहरी थप गर्ने प्रस्ताव अघि सारेको छ । वन तथा वातावरण सम्बन्धी बढ्दो चुनौती, अवैध काठ कटानी र प्राकृतिक विपद न्यूनीकरणलाई ध्यानमा राख्दै सरकार यो कदम चाल्न लागेको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र नयाँ बन्ने भौतिक संरचना भूकम्प प्रतिरोधी प्रविधीसहितको बनाउन जोड दिइरहेको बताउनुभयो । उहाँले महानगरद्वारा शुक्रवार राजधानीमा आयोजित राष्ट्रिय भुकम्प दिवस कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा बताउनु भएको हो ।
आयुर्वेद चिकित्सा परिषद् नेपालले परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह गरेको छ ।
कपिलवस्तु कारागार कार्यालय जीर्ण बन्दै गएपछि कैदीबन्दीहरु जोखिममा परेका छन् ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि ताप्लेजुङमा मागभन्दा कम आवेदन (दरखास्त) परेको छ ।