काठमाडौँ, माघ २ गते। नेपाली कांग्रेस (गगन समूह)ले विशेष महाधिवेशनमा मतदानपछि फिर्ता लिएको हस्ताक्षरले कुनै प्रभाव नपार्ने बताएको छ। गगन समूहका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताउनुभएको हो।
उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने हस्ताक्षरले विशेष महाधिवेशनको वैधानिकता, निर्णय प्रक्रिया वा निर्णयको वैधतामा कुनै प्रभाव पर्दैन।’
फागुन २५ मा उद्घाटन भएर ३० गतेसम्म सम्पन्न दोस्रो विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको भन्दै उहाँले अब वैधतामा प्रश्न गर्न नमिल्ने बताउनुभएको हो।
विज्ञप्तिमा विशेष महाधिवेशनपछि केही प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको भन्दै फैलाइएका समाचार भ्रामक रहेको उल्लेख गर्नुभएको छ। कुल दुई ६८५ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार ४६३ जना बैठकमा उपस्थित भई निर्णय प्रक्रियामा सक्रिय रूपमा सहभागी भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा जम्मा २९ जनाले मात्र हस्ताक्षर फिर्ता लिएको उहाँले प्रष्ट पार्नुभएको छ।
