सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार शुक्रबार साँझ बैठक बसेको हो ।
नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ। कास्कीका मुख्य निर्वाचन अधिकृत एवम् हिमलाल बेल्बासेले शुक्रबार ती कार्यालय औपचारिक रूपमा उद्घाटन गर्नुभयो।
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा कालीगण्डकी गाउँपालिकाले विजयी सुरुवात गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको आज घोषणा गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न आह्वान गर्नुभएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पशुपालक किसानलाई गाईभैँसीको स्याहारसुसार गर्दै दुध उत्पादन स्थिर राख्ने उद्देश्यसहित ‘पशु सुत्केरी भत्ता’ कार्यक्रम लागू गरेको छ ।
ट्राफिक प्रहरीले ट्राफिक जनचेतना फैलाउनका लागि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।
यहाँको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेस (गगन समूह)का उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस विभाजन नभएको बताउनुभएको छ।
प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ।
भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नागरिक लगानी कोषले पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपियाँ सहयोग उपलब्ध गराएको छ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भवन लगायतका संरचना निर्माण रैथाने प्रविधिमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।