दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ ।
नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले युवा पुस्ताले जिम्मेवारीका सबैमा सद्भाव र एकता कायम गरी आगामी दिनको चुनौती सामना गर्नुपर्ने बताउनु भएको छ ।
हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो ।
नेपालीहरुको महापर्व बडा दसैंको सुरुवाती दिनमा चहलपहल र भिडभाड देखिएको जिल्ला सदरमुकाम बागलुङ बजार नवमीको दिनदेखि सुनसान बनेको छ ।
बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।
मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिनुभयो ।
कैलालीको धनगढी उपमाहनगरपालिका-१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन आग्रह गरेको छ ।
थारू समुदायमा आज गँवल्या टीका लगाउँदै छन् । थारू समुदायले परम्परागतदेखि गाउँमा गँवल्या टीका लगाउँदैआएको थारू अगुवाहरू बताउँछन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका ७ मा रहेको ऐतिहासिक ताकमकोतको पुनर्निर्माण गरिएको छ ।
यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।
नवलपुरबाट काठमाडौं जाँदैगरेको ईभी माइक्रो गएराति चितवको इच्छाकामना गाउँपालिका ६ दुई नम्बर पुलनजिक दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।
विगतका बर्षझैं नेपालीहरुको चाडपर्व सुरु भएको छ । दसैंमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन भए पनि पछिल्लो समय हराउँदैगएको छ ।
बडा दसैं पर्वको महाअष्टमीका दिन पारिवारिक सुख, शान्ति, तथा सन्तोष प्राप्तिका लागि श्रद्धालु महिलाहरुले आराध्यादेवी दुर्गा भगवतीको खोइछा (पोल्टा) भरिएको छ ।
दसैं सुरु भएसँगै तनहुँका गाउँहरू उत्सवको रौनकले भरिभराउ भएका छन् । लामो समयदेखि सुनसान देखिएका गाउँघर चाडपर्व मनाउन फर्किएका युवाहरुले गर्दा फेरि चहलपहलले बढेको हो ।