जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएकाे छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ ।
दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको कोगी राज्यका अधिकारीहरूले बुधबार बताएका छन्।
पौराणिक सखिया नाचले कैलाली, कञ्चनपुरको थारु बस्ती गुल्जार बनेको छ । हरेक चाडपर्वमा फरक फरक किसिमको नाचगान गर्ने थारु समुदाय दसैँमा सखिया नाच गरिरहेका हुन् ।
युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण दक्षिणी बन्दरगाह सहरमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बताउनुभएको छ।
हेटौँडा-१ चौकी टोलको हरियाली धान खेतको फाँट। राप्ती नदी तटीय क्षेत्र नजिक रहेको चौकी टोलका अधिकांश खेतीयोग्य जमिन प्लटिङ भएर घर बनेका छन्।
महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिनुभयो।
कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सल्लाकार र विज्ञसहित ६ जनालाई हटाएका छन्। मुख्यमन्त्री आचार्यले चार जना विज्ञ तथा दुई जना सल्लाहकार गरेर ६ जनालाई बिदा गर्नुभएको हो।
दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेले वेस्ट इन्डिजसँगको सिरिज नखेल्नुको कारण सार्वजनिक गरेको छ। बुधबार विज्ञप्ति सार्वजनिक गर्दै क्यानका सचिव पारस खड्काले सन्दीपले नखेल्नुको कारण सार्वजनिक गर्नुभएको हो।
नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा रु दुई अर्ब दुई करोड ९६ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ।
म्याग्दीको धवलागिरि गाउँपालिका ७ का वडाध्यक्ष अशोक खत्रीले ठेलो हान्ने प्रतियोगिताको उपाधि जित्नुभएको छ।