नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न चाडपर्वहरूले मुलुकमा राष्ट्रिय एकताको भावनालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउनु हुने भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा ७ स्थित मनिरको हार्डवेयर पसलमा काम गर्ने सोही ठाउँका २३ बर्षीय मो. राजाबुलको करेन्ट लागेर मृत्यु भएको हो ।
यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीका युवा दसैँका अवसरमा यात्रु प्रतीक्षालय रङरोगन गर्ने कार्यमा जुटेका छन् ।
तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि सुरु भएको छ ।
दशैँ र तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने परम्परा नेपालीको मौलिक संस्कृति हो । पिङ नेपालीको संस्कृति र परम्पराको अभिन्न हिस्सा मानिन्छ ।
मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो ।
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चाडपर्वहरूले राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने बताउनुभएको छ ।
जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका-३ स्थित राप्ती नदीको बगरमा सेतै फुलेको काँस ।
काठमाडौँ महानगरपालिकाले सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर पुनः स्थापना गरेको छ ।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले नेपाली नागरिकलाई राष्ट्रिय एकता र समृद्धिको बाटोमा अगाडि बढ्न आह्वान गर्नुभएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मार्गदर्शनअनुसार वर्तमान चुनौतीहरूको समाधान गर्न सकिने बताउनुभएको छ ।