• ३ माघ २०८२, शनिबार

प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट : आज दुई खेल हुँदै

blog

अर्जुन काफ्ले 
स्याङ्जा, माघ ३ गते ।
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा शनिबार दुई खेल हुँदै छ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा आज पहिलो खेल समूह सीको भीरकोट र आँधीखालाबिच ९ बजे हुने छ ।

यस्तै दोस्रो समूह वीको कालीगण्डकी र वालिङबिच दिउँसो १ बजे सुरु हुने छ ।  कालीगण्डकी एक खेल जितेको छ भने वालिङ नगरपालिकाको पहिलो खेल हो । कालीगण्डकीले खेल जितेमा सेमिफाइनलमा प्रवेश गर्ने छ भने वालिङले जितेमा अझ एक खेल कुनुपर्ने छ । प्रतियोगितामा पहिलो खेलमा कालीगण्डकीले फेदीखोलालाई ४९ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा अण्डर १९ का राष्ट्रिय खेलाडी दर्श सुनार कालीगण्डकीको लागि नायक बन्दै म्यान अफ दि म्याच बनेका थिए । दर्शले ४७ बलमा पाँच छक्का र पाँच चौकाको मद्दतले ७३ रन बनाउनुभएको थियो । प्रतियोगतामा पहिलो चरण ४ गतेसम्म र दोस्रो चरणमा माघ ९देखि १४ गतेसम्म प्रतियोगिता चल्ने छ ।

यहाँ आयोजित प्रतियोगितामा जिल्लाकै ११ पालिकाको सहिभागिता रहेको छ भने चार समूहमा विभाजन गरिएको फाउण्डेसनका अध्यक्ष लेखना शर्माले बताउनुभयो ।

समूह ए, बी, सीमा तीन तीन पालिका रहेका छन् भने समूह डीमा दुई पालिका रहेका छन् । प्रत्येक समूहको समूह विजेता सेमिफाइनमा प्रवेश गर्ने छन् । सेमिफाइनमा ए र सी तथा बी र डीको विजेता प्रतिस्पर्धा गर्ने छन् ।

स्यास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग गर्ने लक्ष्य लिएर स्थापना भएको फाउण्डेसलने स्याङ्जालाई क्रिकेट लगायतका खेलको हबका रुपमा विकसित गराउने र जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउण्डेनसका सचिव ध्रुव शर्माले बताउनुभयो ।

प्रतियोगितामा विजेताले दुई लाखसहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै, तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

प्रतियोगितामा प्लेयर अफ दि म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०/१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ ।