दसैँको दिन कैलालीको धनगढी, अत्तरिया र फूलबारीमा निःशुल्क बस सञ्चालन हुने भएको छ।
काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह गरेको छ।
नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएकामा विरोध जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको दसैँमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित मुस्ताङ-डोल्पा सडकबाट देखिएको मनमोहक दृश्य।
बागलुङ नगरपालिका वडा नं. १ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङको अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाईको ‘कालीगण्डकी सुनौलो झुला’ पुल ।
जापानका कर दूतले बुधबार स्पष्ट पार्दै हालै सम्पन्न जापान–अमेरिका व्यापार सम्झौताको हिस्साका रूपमा प्रस्तावित पाँच खर्ब ५० अर्ब डलरको लगानी विषयमा ‘संयुक्त राज्य अमेरिकासँग कुनै विसङ्गति नरहेको’ जानकारी दिनुभएको छ ।
चीनले विज्ञान र प्रविधि क्षेत्रमा विदेशी प्राविधिक प्रतिभालाई आकर्षित गर्ने उद्देश्यसहित बुधबार नयाँ भिसा कार्यक्रम ‘के भिसा’ लागू गरेको छ ।
असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुन्थे । अग्रिम बुकिङ गरी होटलमा बस्नसमेत ठाउँ नपाइने यतिबेलाको समयमा यसवर्ष मनाङ सुनसान छ ।
पाँचथरको याङवरक गाउँ पालिका ४ को कालिका निशान धाममा धुमधामका साथ जोर निशान नचाइएको छ ।
गुल्मीको मदाने गाउँपालिका वडा ४, म्यालपोखरी फब्रेटास्थित हरिप्रसाद भट्टराईले घरको बार्दलीमा आकर्षक रूपमा झुण्ड्याएर राखिएको मकैको झुत्ता। परम्परागत रूपमा मकैका झुत्तालाई झुण्ड्याएर राख्दा घुन लगायतका मकैमा लाग्ने विभिन्न प्रकारका किराबाट सुरक्षित राख्न सकिन्छ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरुले सयपत्री फूलखेती विस्तार गरेका छन् । यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् ।
चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु भएको छ ।
सर्पको टोकाइपछि उपचारको क्रममा जिल्ला अस्पतालमा एक महिलाको मृत्यु भएको छ । कमलबजार नगरपालिका –३ वयाला निवासी ४२ वर्षीया निर्मला विष्टको घरनजिक सर्पले डस्दा उपचारको क्रममा मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिनुभयो ।
मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा बडादसैँ नवमीको दिन बुधबार २४ पिर्के पिङमा रमाउँदै स्थानीय बासिन्दा।