वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् ।
देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ । विशेषगरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सर्लाहीमा शुक्रबार रातिदेखि नै मेघ गर्जनसहित निरन्तर पानी परिरहँदा जनजीवन प्रभावित बनेको छ । मुख्य चाड दसैंको समयमा निरन्तर मुसलधारे वर्षा भइ बाहिर निस्कनै नसक्ने अवस्था आउँदा जनजीवन प्रभावित बनेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा साँझ ६ः०० देखि भोलि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।
हेटौँडा हुँदै काठमाडौँ भित्रिने सबै बाटो तीन दिनसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिवार दिउँसो सूचना जारी गर्दै भारी वर्षा तथा अति धेरै वर्षाको कारण आउन सक्ने बाढी, पहिरो र डुवान एवम् त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्जोखिम न्यूनीकरण गर्न हेटौँडा हुँदै काठमाडौँ भित्रिने सबै बाटो असोज १८, १९ र २० गतेका लागि पूर्ण रूपमा बन्द रहने उल्लेख छ ।
क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवास्थित अशोक स्तम्भ डुबानमा परेको छ । स्तम्भभएको ठाउँमा पानी निस्कने निकास नभएपछि हरेक बर्ष वर्षाको समयमा डुवान पर्ने गरेको हो ।
असोज १२ गते रुकुम पश्चिमबाट दाङतर्फ जाँदैगरेको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
देशका अधिकांश भू–भागमा भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भइरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन सबै सञ्चार सेवाप्रदायक संस्थालाई अनुरोध गरेको छ।
बडा दसैंको समयमा बिपी राजमार्ग हुँदै पूर्वबाट काठमाडौं हिडेका एक सयभन्दा बढी यात्रुबाहक सवारी साधनलाई प्रहरीले शनिबार सिन्धुलीबाट फर्काएको छ ।
कैलालीको धनगढीमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका –४ का ६० वर्षीय गणेश शाहीको मृत्यु भएको हो ।
बाढी पहिरोको जोखिम रहेको मेची राजमार्ग आज साँझ ७ बजेदेखि १२ घण्टाका लागि बन्द गरिएको छ । मेची राजमार्गको झापा–इलाम सिमाना जोरकलशदेखि इलाम–पाँचथर सिमाना राँके बजारसम्म भोलि बिहान ६ बजेसम्मका लागि सडक बन्द गरिएको हो ।
तुइनखोलामा लगातार पहिरो खस्न थालेपछि मुग्लिन–नारायणगढ सडक खण्ड बन्द भएको छ । भारी वर्षाका कारण तुइनखोलामा ससाना पहिरो खस्न थालेपछि बाटो अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जोखिम बढेकाले यातायात बन्द गरिएको जानकारी दिनुभयो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित मुस्ताङ–डोल्पा सडक नजिकको उच्चलेकको चरन क्षेत्रमा चर्दै गरेका घोडाका बथान।
गएरातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौँ महानगरप्रहरीले विपद् व्यवस्थापन कार्यमा १०० जना महानगर प्रहरी खटाएको छ ।
अविरल वर्षासँगैे उदयपुरको त्रियुगा नगरपालिका वडा ५ दमौटीस्थित स्थानीय अम्मि खोलाको बाढीले बगाएर एक बालिकाको शनिवार मृत्यु भएको छ ।