बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो अपडेटअनुसार मृतकको संख्या ४९ पुगेको हो । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
इलामको राजदुवाली माथिको सडकमा पहिरो गएपछि इलाम, पाँचथर र ताप्लेजुुङ जोड्ने मुख्य राजमार्ग मेची राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।
महोत्तरीको भंगाहा नगरपालिका –५ अन्तर्गत जमुनिया क्षेत्रमा अविरल वर्षापछि आएको आकस्मिक बाढीले बगाएको नेपाल टेलिकमको जिपलाई सशस्त्र प्रहरीले सुरक्षित रूपमा उद्धार गरेको छ।
लगातार दुई दिनदेखि परिरहेको अविरल वर्षाको कारण महोत्तरी जिल्लाको विभिन्न क्षेत्रहरुमा बाढी र डुवान बढेको छ ।
गए राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण इलाममा ज्यान गुमाउनेको सङ्ख्या ३७ पुुगेको छ । चार जना बेपत्ता भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताल एवं स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति तथा औषधी सामग्री तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।
उहाँ अहिले अमेरिकी राजनीतिमा सम्भवतः राष्ट्रपति डोनाल्ड ट्रम्पपछि सबैभन्दा प्रभावशाली व्यक्ति हुनुहुन्छ ।
अविरल वर्षाले आएको बाढिले रौतहटमा एक वृद्ध महिलाको मृत्यु भएको छ । एक पुरुषको जीवितै उद्धार गरिएको छ ।
इलामको माङ्सेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका सुत्केरीसहित दुई जनाको आज नेपाली सेनाले उद्धार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख बाढी पूर्वसूचनासम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ ।
हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ ।
देशभर मनसुनको प्रभावले असर पारे पनि चितवनमा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयल जानकारी दिएको छ ।
जेनजी आन्दोलनका कारण अनिश्चित कालका लागि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक असोज २२ गतेलाई आह्वान भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–६ बोचहीका ६० घर परिवार डुबानमा परेको छ। त्रियुगा नदीको बाढी सो बस्तीमा पसेपछि डुबानमा परेको हो ।
झापाको झापा गाउँपालिका वडा २ मा आइतवार बिहान आएको बाढीले हुलाकी मार्गको दुईसय मिटर भत्काएर बाढी बस्तिमा पसेको छ ।