अर्जुन काफ्ले
स्याङ्जा, माघ ३ गते । कालीगण्डी नदी माथी आधा दर्जन भन्दा बढी मोटरेवल पुल म्याद गुजारेर निर्माण भइरहदा यहाँको होस्ती पुल काम थालेको डेढ वर्षमा निर्माण सकिएको छ । चापाकोट-१० र रामपुर-१० तथा गण्डकी र लुम्बिनी प्रदेश जोडने यो पुल २०७९ कात्तिक २३ गते सपना निर्माण सेवाले तीन वर्षमा काम सक्ने गरेर सम्झौता गरेको थियो ।
सम्झौताको एक वर्षसम्म डिजाइन नबन्दा निर्माण नथालिएको पुल काम थालेको डेढ वर्षमा सकिएको हो ।
छोटा पुलले समेत म्याद गुजारेर पुल निर्माण गरिरहँदा तीन स्पानमा दुई सय मिटर लम्बाई रहेको पुल समय अगावै सकेको हो । पुल ३० करोड ६४ लाख ३८ हजार आठ सय रुपियाँमा निर्माण कम्पनीले सम्झौता गरेको सेक्टर पोखराका इन्जिनीयर बिदुर सुवेदीले जानकारी दिनु भयो ।
यो पुल कालीगण्डकी नदीबाट काेरिडोरसँग जोड्ने रामनदी पुल पछिको सबैभन्दा नजिकको हो । यो पुल निर्माणले कालीगण्डकीबाट लुम्बिनी प्रदेश हुदै भारत र तराई जानका लागि सहज भएको छ । पुल समयमै निर्माण हुदाँ निर्दीमघाट हुगी पुगेर ओहोर दोहोर गर्नुपर्ने बाध्यता हटेको स्थानीय रेशम पङ्गेनीले बताउनु भयो ।
यस्तै, चापाकोटको आँधीघाट र रामपुरको बर्दले जोडने मोटरेबल पुल आठ वर्ष सम्म निर्माण सम्पन्न भएको छ । २०७४ मङसिर २२ गते एमएस सपना-महादेव खिम्ती- हीरा जेभीले तीन वर्षमा सक्ने गरी सम्झौता गरेको थियो ।
आँधीघाटमा पुल २२० मिटर लम्बाइ रहेको र पुल निर्माण सामान्य बाहेक निर्माण सकिएको पुल सेक्टर पोखराले जनाएको छ । निर्माण कम्पनीले २८ करोड ३७ लाख तीन हजार तीन सय रुपियाँमा सम्झौता गरेर निर्माण भएको हो । निर्माण कम्पनीले चार स्पानको पुल पाँचौ पटक चैत ३० गते सम्म म्याद थपेको थियो ।