सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
मातृशक्ति अर्थात् शक्तिस्वरूपा भगवतीको आराधना गरिने नवरात्र वर्षमा चार पटक आउँछ– असार, असोज, माघ र चैतमा ।
कालीकोट जिल्लाको सदरमुकाम मान्म खाँडाचक्र बजारदेखि १६ कोस उत्तरमा अवस्थित राम्नाकोटको खार्दुगाउँमा पचालझरना पर्दछ । पचालझरना ३८१ मिटर अग्लो रहेको छ । पचालझरना देशको पर्यटकीय गन्तव्यमा सूचीकृत छ । यो नेपालको सबैभन्दा अग्लो झरना हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको नेपालका सय प्रमुख गन्तव्यमध्ये पचालझरनालाई ६४ औँ स्थानमा सूचीकृत गरेको छ ।
जब अल्बर्ट आइन्सटाइनलाई इजरायलको राष्ट्रपति बन्न आग्रह गरियो, एक खालको तरङ्ग आयो । प्रख्यात भौतिकशास्त्री आइन्सटाइन राष्ट्रपति पद चाहँदैनथे र इजरायलसमेत उनीबाट यो जिम्मेवारी स्वीकार नगरियोस् भन्ने चाहन्थ्यो ।
भोजपुर सदरमुकाम नजिकै सडकमा झरेको पहिरो पन्छाउँदै सशस्त्र प्रहरी बलको टोली।
गुल्मीको छत्रकोट गाउँपालिकाले कोजाग्रत पूर्णिमाको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ। असोज २ गते भएको कार्यपालिकाको बैठकबाट यस गाउँपालिकाले आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा आफू मातहतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
रेस्लिङ दुनियाँका चर्चित रेस्लर हल्क हागनले गत महिना धर्र्तीबाट बिदा लिए । ७१ वर्षका हल्कको जुलाई २४ मा अमेरिकाको फ्लोरिडामा निधन भएको थियो । हल्क त्यही नाम हो जसले सन् १९८० को दशकमा रेस्लिङको दुनियाँमा हल्लीखल्ली मच्चाएको थियो ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको बाढीको कारण दर्जनभन्दा बढी कार्यालयमा पानी पसेको छ । बाढीको कारण तीन दिनदेखि जलेश्वर क्षेत्रमा विजुली समेत अवरुद्ध छ । सदरमुकाम जलेश्वर जोड्ने सडक समेत अवरुद्ध छ ।
पाटन नयाँ सहर आयोजना १४ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । आयोजनाको मुख्य काम ल्यान्डपुलिङ (जग्गा एकीकरण) कै टुङ्गो लागेको छैन त्यसले गर्दा आयोजना पूरा हुने नहुने विषय अन्योल देखिएको छ ।
बाजुराको डाब खप्तड पर्यटकीय सडक विगत १६ वर्षदेखि कालोपत्रेको पर्खाइमा रहेको छ । डाब बजारदेखि खप्तडसम्मको झन्डै २६ किलोमिटर यो सडकको २०६६ सालदेखि निर्माण कार्य सुरु भएको थियो । बुढीगङ्गा नगरपालिका–१० को डाब बजार हुँदै बदेडा, सेलापाखा, पिपलगाउँ, जुवापानी हुँदै खप्तड छेडेदह गाउँपालिका–२, गाँज्रा हुँदै १ को काँडासम्म सडक पुगेको छ । यहाँदेखि झन्डै १२ किलोमिटरभन्दा बढी खप्तड पुग्न लाग्छ । त्यहाँसम्म भने अझै सडक निर्माण गर्न बाँकी रहेको छ । डाब खप्तड पर्यटकीय सडकले पर्यटकलाई मात्र सहज नभई बुढीगङ्गा र खप्तड छेडेदहलगायतका स्थानीयवासीलाई समेत निकै सहज बनाएको छ ।
विगत दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भइरहेका बेला उद्धार कार्य निरन्तर भइरहेको छ।
जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदी स्याङ्जाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उत्तरी ध्रुवबाट हजारौँ किलोमिटर उडेर हरेक वर्ष भारततर्फ जाने कर्याङकुरुङ सारस नेपाली आकाशमा देखा पर्न थालेका छन् । जाडो छल्न यो प्रजातिका चरा उत्तरी चीन, मङ्गोलिया, साइबेरियाबाट नेपाली आकाश हुँदै भारततर्फ जान थालेका हुन् । कैलाली, कञ्चनपुर र बर्दियाको आकाशमा गइरहेका यी चरा भारतको राजस्थान र गुजरातमा छ महिनासम्म बिताउने गरेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो ।
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीमा स्थापना भएको इलाका प्रहरी चौकी सुनखानी जीर्ण भवनबाट आफ्नो सेवा दिइरहेको छ । अन्य विकल्प नभएका कारण जीर्ण भवनबाट सेवा दिन प्रहरी बाध्य छन् । ३५ वर्ष पुरानो जीर्ण भवनबाट सेवा दिनुपरिरहेको इलाका प्रहरी चौकी सुनखानीका इन्चार्ज प्रहरी नायब निरीक्षक नरबहादुर चन्दले बताउनुभयो । कुनै बस्ती नभएको ठाउँमा रहेको सो प्रहरी कार्यालयमा बस्नु बाध्यता भएको उहाँले बताउनुभयो ।