थारू समुदाय आफ्नो समुदाय र परिवारमा ज्यादै व्यवस्थित र अनुशासित जाति मानिन्छ । यस जातिको घरायसी, सामुदायिक तथा पेसागत र कृषि कामका लागि फरक फरक जिम्मेवारीसहितको साङ्गठनिक संरचना रहेको हुन्छ । त्यसैले आज पनि थारू समुदायमा पारिवारिक सङ्गठन बलियो देखिन्छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हाङ्पाङको लाफाचोक नजिकको सडकमा जिप दुर्घटना हुँदा दुई जना घाइते हुनुभएको छ । आठराई त्रिवेणी गाउँपालिका –१ निघुरादिनबाट फुङलिङतर्फ आउँदैगरेको जिप दुर्घटनामा परेको हो ।
जुम्लामा असोज महिनामा मात्र भालुको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । जुम्लाको गुठिचौर गाउँपालिका, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकामा छुट्टाछुट्टै भालुले आक्रमण गरेर मानिसलाई घाइते बनाएको हो ।
रसुवाको लाङटाङ क्षेत्रमा बाढीपहिरोका कारण फसेका १२ जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरी सोमबार दिउँसो स्याफ्रुबेँसी ल्याइएको छ ।
बुटवल–गोरुसिङ्गे सडकखण्डको विस्तारका क्रममा करिब सात हजार १७५ रुख काटिएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत ३१ किलोमिटर लामो यस खण्डमा सडक दुई लेनबाट चार लेनमा रूपान्तरण हुँदै छ । रुख कटानपछि सडक किनारा उजाड बनेको छ ।
जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३२ जनालाई पक्राउ गरिएको छ भने ४६ जना अझै फरार रहेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
सप्तकोशी नदीमा आएको बाढी आइतबार साँझदेखि घट्दै गएपछि नदी आफ्नै लयमा फर्कन थालेको छ । आइतबार दिउँसो ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ५७ वर्षयताकै
भारतको वृन्दावनबाट फर्किएर रुपन्देहीको भैरहवामा रोकिएका करिब पाँच सय जना तीर्थयात्री गन्तव्यतर्फ प्रस्थान गरेका छन् । श्री रामजानकी हनुमान मन्दिर सेवा समिति सिद्धार्थनगर नगरपालिका–४ का अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले सोमबार बिहान यात्रु गन्तव्यतर्फ प्रस्थान गरेको बताउनुभयो ।
मनाङ जिल्ला प्रदेश सभा १ (ख) को पूर्वनिर्धारित उपनिर्वाचन कार्यक्रम स्थगित भएको छ । सोमबार निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय मनाङलाई २०८२ कात्तिक १७ गतेका लागि तोकिएको उक्त उपनिर्वाचन हाललाई स्थगन गरिएको परिपत्र आएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन प्रमुख विकास लम्सालले बताउनुभयो ।
दसैँको अन्तिम दिन तिथि अनुसार सोमबार नै कोजाग्रत पूर्णिमा भए पनि महोत्तरीका बजारमा विगतका वर्षको जस्तो कुनै चहलपहल छैन । यस वर्ष बाढी डुबानका कारणले बजारमा कोजाग्रत पूर्णिमाको चहलपहल हुन नसकेको हो
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
उपचारका लागि जिल्ला अस्पताल दैलेखमा आएका बिरामीलाई शय्या अभावले कुर्सीमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । पछिल्लो समय जिल्ला अस्पतालको क्षमताभन्दा बढी बिरामी आएपछि कुर्सीमा राखेर उपचार हुँदै आएको हो ।
हिमाली जिल्लामा पाइने गुची च्याउ कम भेटिन थालेको छ । हिमाली क्षेत्रको चिसो हावापानीमा पाइने गुची च्याउ मिठो र पोषिलो हुन्छ । यो च्याउ सुदूरपश्चिम र कर्णाली प्रदेशका माथिल्लो भेकका वनमा वर्षा सुरु हुने समयमा पाइन्छ । जुम्लाका मानिसले वनबाट टिपेर ल्याउँछन् र स्थानीय व्यापारीलाई बेच्छन् ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन अनिश्चित बनेको छ । आगजनी र तोडफोड गरिएको प्रदेश सभा भवनसहित अन्य संरचना मर्मत नगरिएकाले प्रदेश सभा बैठक सञ्चालन अनिश्चित बनेको हो ।