यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
साविक गोल्टाकुरी गाविस र हालको दंगीशरण गाउँपालिका –२ मा पर्ने ऐतिहासिक स्थल राजाकोटलाई पर्यटन गन्तव्य बनाउने उद्देश्यसहित स्थानीय युवाहरूले कार्तिक १ गतेदेखि यात्रा अभियान सञ्चालन गर्नेभएका छन्।
पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण भएको छ । पुल निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजेपछि पुरातत्व विभागले रोकेर अलपत्र परेको सम्बन्धी राससमा समाचार प्रकाशित भएपछि अलपत्र पुल निर्माण सम्पन्न भएको छ ।
कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशकमा पनि पूरा नहुँदा यो बाटोको यात्रा कष्टकर बनेको छ ।
जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ ।
रसुवाको लाङटाङमा पदयात्रा गएका १६ जना युवामध्ये चार जना बेपत्ता भएको खबरले पदयात्राको सुरक्षा चुनौतीप्रति फेरि संवेदनशील बनाएको छ । दसैँको टीका लगाएपछि १६ जना युवाले पदयात्राको योजना बनाए ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
सार्वजनिक खरिद भन्नाले सरकारले आवश्यक वस्तु, सेवा वा निर्माण कार्य खरिद गर्न विधिसम्मत प्रक्रिया अपनाउने कार्यलाई जनाउँछ । जनताबाट सङ्कलित कर र स्रोतलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी रूपमा प्रयोग गर्नु सार्वजनिक खरिदको उद्देश्य हो । खरिद प्रणाली सञ्चालन गर्दा पारदर्शिता, जवाफदेहिता, निष्पक्ष प्रतिस्पर्धा, मूल्यको सार्थकता, दक्षता, प्रभावकारिता र दिगोपनासम्बन्धी सिद्धान्तलाई आधार मान्नु पर्छ ।
सरकारका नीति, लक्ष्य र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्ने संयन्त्र सार्वजनिक प्रशासन हो । यो व्यावसायिक प्रकृतिको स्थायी संरचना हो । त्यसैले यसलाई स्थायी सरकार पनि भनिन्छ ।
१. सन् २०२५ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ? अमेरिकाका मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र जापानका सिमोन साकागुची – शरीरको प्रतिरोध प्रणालीमा ‘रेगुलेटरी टी सेल’ भनिने विशेष कोष रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाउन गरेको विशेष योगदानका लागि पुरस्कृत गरिएको । – विजेताले प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) कसरी नियन्त्रणमा राखिन्छ भन्ने कुरा पत्ता लगाएका ।
गलाभरी जमराको पहेँलो माला भिरेर सरायँ नाच्दा–नाच्दै धुर्कोट गाउँपालिका –५ वस्तुका केरमान गन्दर्भ र रामबहादुर गन्दर्भका कपाल फुलेर सेतै भइसके । उमेरले ७० नेटो काटे पनि सरायँ नाचमा उहाँहरुको जोश युवाकोभन्दा कम छैन ।
बजेट कार्यान्वयन प्रक्रिया १. नेपालको बजेट प्रणालीमा रहेको तहगत अन्तरसम्बन्धबारे चर्चा गर्दै सङ्घीय शासन प्रणाली अवलम्बन गरेपश्चात् नेपालको बजेट तर्जुमा र कार्यान्वयन प्रक्रियामा देखिएका समस्या उल्लेख गर्नुहोस् ।