पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा निर्माणाधिन आधारभूत अस्पताल आर्थिक अभावमा अलपत्र भएको छ । निसीखोला गाउँपालिका वडा ३ र ४ को सिमानामा अस्पताल भवन निर्माणाधीन छ ।
मेची राजमार्ग अन्तर्गत इलामको माईखोलामा पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरूका लागि हेल्थ डेक्स स्थापना गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका तनहुँका सरकारी कार्यालयको आज निरीक्षण गर्नुभएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएका विभिन्न कार्यालयको मुख्यमन्त्री पाण्डेले निरीक्षण गर्नुभएको हो ।
पूर्वी नवलपरासीको पहाडी बुलिङ्टार गाउँपालिका वडा ३ का कुमाल र दराई जातिका बासिन्दाले जीवनमा पहिलो पटक धाराको खानेपानी पिउन पाएका छन् र अहिले उनीहरु खुशी भएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय समाचार समिति (रासस)ले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ।
एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोत घरमा सराय नाच हुने गर्दछ । गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ । किनकी यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ, जुन वीरलै हुन्छ ।
गुल्मीका सहरदेखि दुर्गम बस्तीसम्म चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन भएका छन् ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीबाट हेटौँडा आउँदै गरेको विद्युतीय गाडी (इभी) र मोटरसाइकल दुर्घटना हुँदा घाइते हुनुभएका १६ जना मध्य १२ जना डिस्चार्ज हुनुभएको छ भने चार जनाको काठमाडौँमा उपचार भइरहेको छ।
छ वर्षअघि ‘बिन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थाल्नुभएका बस्यालले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । सुरुमा रु ५० लाख लगानी गरी व्यवसाय थाल्नुभएका बस्यालले फार्मलाई विस्तार गर्दै लैजानुभएको छ ।
हुलाकी राजमार्ग निर्देशनालयले बाँकेको राप्ती सोनारी गाउँपालिका–३, नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडक खण्डको निर्माण प्रक्रिया अगाडी बढाएको जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताउनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले सुपथ मूल्य पसलबाट सात सय क्विन्टल चामल बिक्री गरेको छ ।
मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा बुधबार भएको फाइनल अर्थात् पाँचौँ खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले शृङ्खला जितेको हो । फाइनलमा पाँच विकेटको जित निकालेसँगै नेपालले पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको हो ।
भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मङ्गलबार राति ठूलो भूस्खलनको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५ जनाको निधन भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
वीरगञ्जको नयाँ बसपार्कस्थित भानुचोकमा रहेको शाह पाराडाइज होटलमा बास बसेका बाबु र छोरा होटलको कोठामा मृत अवस्थामा फेला परेका छन् ।