सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमार एम. याघीले सन् १९८९ मा धातु-जैविक ढाँचाको विकासमा गरेको अद्वितीय अनुसन्धानका लागि रसायनशास्त्रमा नोबेल पुरस्कार साझा गर्नु भएको छ ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले बिहीबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टोली मङ्गलबार भियतनाम पुगेको थियो ।
युरोपेली सङ्घ (इयु) की अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार युरोपले रुसको ‘हाइब्रिड वारफेयर’ अर्थात् मिश्रित युद्धको रणनीतिलाई रोक्नका लागि आफ्नो सुरक्षा प्रणाली बलियो बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।
इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ आफ्नो मोटरकाडमाथि ढुङ्गा र सम्भावित गोली प्रहार हुँदा सकुशल बच्नु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री राजकुमार गुप्तासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
हमासले बुधबार गाजा युद्धको अन्त्यका लागि इजरायलसँग भएको अप्रत्यक्ष वार्तामा ‘आशावाद’ व्याप्त रहेको र समझदारीको एक हिस्साका रूपमा इजरायली बन्धक मुक्त गर्न बदलामा रिहा गर्न चाहिएको कैदीको सूची पेस गरेको जानकारी दिएको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । जलेश्वर नगरपालिका-६, धबौली घर भएका नसरुद्धिन साफीका करिब १४ वर्षिया छोरा सलमान साफीको बाढीमा डुबेर मृत्यु भएको हो ।
नेपाली कांगेसको केन्द्रीय कार्य समितिको बैठक असोज २६ गते बस्ने र समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ ।
कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका तनहुँका विभिन्न सरकारी कार्यालयहरूको निरीक्षण गर्नुभएको छ ।
अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबिच लगानीकर्ता सुरक्षित स्थानतर्फ लागेपछि बुधवार सुनको मूल्यले इतिहासमै पहिलो पटक चार हजार डलर पार गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन राजनीतिक दल र समूहलाई आग्रह गरेको छ ।
अक्टोबर ११ देखि १५ तारिखसम्म उडिसाको भुवनेश्वरस्थित कलिंगा एथलेटिक्स एचपीसी बिल्डिङमा हुने प्रतियोगितामा समान ३/३ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
कर्णाली प्रदेशको कालिकोट र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमाक्षेत्रमा फैलिएको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्र ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलानामा तीन हजार सात सय दुईले कम हो ।