• ४ माघ २०८२, आइतबार

राष्ट्रिय लिग : एपिएफ र संकटा विजयी

blog

बल खोस्ने प्रयास गर्दैै एपिएफ र फ्रेन्ड्सका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, माघ ४ गते । एपिएफ क्लबले राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई १–० गोलले हरायो । 

एपिएफले २५औँ मिनेटमा खेमराज श्रेष्ठको आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । सोही गोल उसको जितमा प्रयाप्त बन्यो । 

यस्तै अर्को खेलमा संकटा क्लबले काक्रेबिहार क्लबलाई ४–० गोलले हराएको छ । एकपक्षीय खेलमा संकटालाई जिताउन अनिष महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिलबर्ट बिल्गोले गोल गर्नुभयो । 

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।