गुल्मीको इस्मा गाउँपालिका–२ हस्तिचौरमा सुगम विक राहादानीका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीको लाइनमा हुनुहुन्थ्यो ।
नेपालको विद्युत् पूर्वाधार स्तरोन्नति र स्वास्थ्य, कृषि, सुशासन तथा समावेशी विकासको क्षेत्रमा जर्मन सरकारले चार करोड १० लाख युरो (करिब छ अर्ब ७६ करोड रुपियाँ) सहायता प्रदान गर्ने भएको छ । यसका लागि वित्तीय र प्राविधिक सहयोगसम्बन्धी दुई सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।
अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबिच लगानीकर्ता सुरक्षित स्थानतर्फ लागेपछि बुधबार सुनको मूल्यले इतिहासमै पहिलो पटक प्रतिऔँस चार हजार डलर पार गरेको छ ।
जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका २५३ कैदीबन्दीमध्ये ७८ कैदीबन्दीहरु अझै फरार रहेका छन् ।
व्यावसायिक घराना चौधरी समूह (सिजी ग्रुप) ले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका प्रत्येक सहिद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ । गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ ।साइबर अपराधको कसुरमा बस्नेतमाथि उजुरी परेपछि ब्युरोले बस्नेतलाई भोटाहिटीस्थित कार्यालयमा बोलाएर लिखित बयान लिएको हो ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७८ पैसा र बिक्रीदर १४२ रुपियाँ ३८ पैसा कायम भएको छ ।
म्याग्दीको एक गाउँमा फलेको टिमुर युरोपको भान्सासम्म पुग्छ । सुरुमा कोसेलीका रूपमा विभिन्न देशमा पुग्ने गरेको टिमुर अहिले व्यावसायिक रूपमा नै जर्मनीमा निर्यात हुने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवम् स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै व्यक्तिलाई दिन पाउने सेयर कर्जा सीमा हटाएको छ । योसँगै बैङ्कले व्यक्तिलाई दिन पाउने २५ करोडको सेयर कर्जा सीमा हटेको छ । अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पुँजी बजार सुधार सुझाव कार्यदलले यसअघि दिएको सुझाव कार्यान्वन गर्दै राष्ट्र बैङ्कले यस्तो निर्देशन जारी गरेको हो । यसै गरी बैङ्कहरूलाई सेयर खरिद बिक्रीमा पनि सहजीकरण गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा घाइते भएकाको उपचार विभिन्न अस्पतालमा जारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग जेनजी आन्दोलनका क्रममा देशभर दुई हजार ३९६ जना घाइते भएको तथ्याङ्क छ ।
हमास समूहको बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको बुधबार एउटा भिडियो सार्वजनिक भएको छ । इजरायली गुप्तचर निकायले सन् २०२३ अक्टोबर ७ मा किबुट्ज अलुमिमबाट हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको नयाँ भिडियो फुटेज प्राप्त गरेको जनाएको छ ।
असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
भक्तपुरका नेवार समुदायले यस वर्षको तिहारमा कात्तिक ४ गते म्हः पूजा र ५ गते किजा पूजा (भाइटीका) मनाउने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावास र नियोग प्रमुखहरुलाई आज भर्चुअल सम्बोधन गर्नुभएको छ ।