नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अङ्कले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को विन्दुमा कायम भएको छ ।
मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालय (ओसिएचए)ले सोमबार गाजाको मानवीय अवस्था सन् २०२३ अक्टोबरमा घेराबन्दी गरिएको इलाकामा इजरायली आक्रमण सुरु भएदेखि मानवीय सहायतामा निरन्तर नाकाबन्दीबीच ‘सम्भवतः सबैभन्दा खराब’ भएको बताएको छ ।
प्रधानमन्त्री लरेन्स वोङका लागि निर्णायक परीक्षा मानिएको आगामी राष्ट्रिय चुनावअघि सिङ्गापुरको संसद् मङ्गलबार विघटन गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जले बढी भन्दा बढी स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्न नयाँ वर्ष २०८२ को शुरुवातसँगै जङ्गल सफारी सुरु गरेको छ।
आन्दोलनमा उत्रिएको १३ औँ दिनसम्म पनि आवासीय चिकित्सकका माग सम्बोधन हुन सकेको छैन । सरकारी आवासीय चिकित्सक (आठौँ तह) बराबरको निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक १३ दिनदेखि आन्दोलनरत छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जुडशीतल सिरुवा पर्वको अवसरमा सम्पूर्ण प्रदेशवासी तथा नेपाली सुख, समृद्धि, शान्ति र दीर्घायुको शुभकामना दिनुभएको छ।
मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ । अस्पतालको कुपण्डोलस्थित भवनमा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गर्नुभयो ।
मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भएको उहाँको परिवारले जनाएको छ । अब्दुल्लाहले आफ्ना पूर्ववर्ती महाथिर मोहम्मदबाट पदभार ग्रहण गरेपछि सुधारको वाचा गर्नुभएको थियो तर कमजोर नेतृत्वका लागि उहाँको आलोचना गरिएको थियो ।
स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित कालीगण्डकीको तटमा रहेको पुरानो घाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने भएको छ ।
रुकुमपश्चिमका विभिन्न विद्यालयहरूले वैशाख २ देखि हुने भनिएको विद्यार्थी भर्ना अभियान स्थगित गरेका छन् । शिक्षा ऐनको माग गर्दै काठमाडौँमा भइरहेको आम शैक्षिक हड्तालका कारण विद्यालयमा भर्ना अभियान लगायतका कार्यक्रमहरु स्थगित गरिएको विद्यालयले जनाएका छन् ।
लुम्बिनी प्रदेशको पर्यटकिय गन्तव्यस्थलको रूपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्तीसारमा मङ्गलबार हात्ती पूजा गरेर वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सञ्चालित कृषिसँग सम्बन्धित शिविरबाट एक हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गाउँपालिकाले सञ्चालन गरेको कृषिसम्बन्धी निःशुल्क घुम्ती शिविरमार्फत पालिकाभरका किसान लाभान्वित भएका हुन् ।
सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा एउटा कारमा आगलागी भएको छ ।
बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।
स्याङजामा रहेका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि कोरियामा रहेका नेपालीहरुले झण्डै १४ लाख सहयोग गरेका छन् ।