शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भक्तिविलास पोखरेल
गाईघाट, माघ ४ गते। उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा आइतबार अपरान्ह भएको सवारी दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार पश्चिम कटारीबाट पूर्व गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल अधेरी खोलामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक र सहचालकको उपचारकोक्रममा जिल्ला अस्पताल गाईघाट मृत्यु भएको प्रहरी उपरीक्षक चापागार्इंले बताउनुभयो।
हालसम्म मृतक चालक तथा सहचालक दुवै जना पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।