के बालबालिकाको सुरक्षाको नाममा निजी सन्देशमा जासुसी गर्नु उचित हुन्छ ? अनलाइन बाल यौन दुर्व्यवहार सामग्रीविरुद्ध लड्ने प्रस्तावबारे निर्णय लिन जुटेको बेला युरोपेली सङ्घ (इयु) का सदस्य देशले बुधबार यही संवेदनशील प्रश्नको सामना गर्न लागेका छन् ।
नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबिच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ ।
म्याग्दीको बेनी नगरपालिका–९, तुसारेपानीमा बोलेरो दुर्घटना भएको छ ।
सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गर्नुभयो । गत वर्षहरुमा यतिबेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दसैँभरको सुनसानपछि पर्यटक आउन थालेसँगै होटल व्यवसायीहरुमा केही उत्साह थपिएको छ ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले आज (बुधबार) रसायनशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार घोषणा गर्ने भएको छ ।
दंगीशरण गाउँपालिका–३, चखौरामास्थित थारू सांस्कृतिक सङ्ग्रहालयमा थारू पुस्तकालय स्थापना गरिएको छ ।
कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो।
विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा सप्ताहन्तमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको चिनियाँ राज्य मिडियाले जानकारी दिएको छ ।
लन्डन र नयाँदिल्लीबिच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटिए) मा हस्ताक्षर भएको केही महिनापछि बेलायती प्रधानमन्त्री किर स्टार्मर बुधबार भारत आइपुग्नु भएको छ ।
प्रहरीलाई कुटपिट गरेको र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।
टाइफुन मत्मोले निम्त्याएको भारी वर्षा र बाढीका कारण भियतनाममा आठ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको भियतनाम विपद व्यवस्थापन प्राधिकरणले बुधबार घोषणा गरेको छ ।
जापानको सुपरमार्केटको गल्लीमा घुमिरहेको एक उत्तेजित भालुको आक्रमणका कारण दुई जना मानिस घाइते भएको तथा छुट्टै आक्रमणमा अर्का एक व्यक्ति मृत फेला परेको अधिकारीका साथै मिडिया रिपोर्टले बुधबार जनाएका छन् ।
गएको असोज १८ गते रातीको वर्षापछि पहिरो जाँदा अवरुद्ध भएको मेची राजमार्ग अन्तर्गत इलामको माइखोला माथिको सडक सुुचारु गराउन अहिले सडक डिभिजन कार्यालय इलामले काम सुरु गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारको पहिलो प्राथमिकता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउने काम भएकाले कुनै पनि हालतमा फागुन २१ गतेको निर्वाचन सफल बनाउनुको विकल्प नरहेको बताउनुभएको छ ।
रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत पर्ने सवगढा लचकामा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको छ ।