सिराज खान
नेपालगन्ज, माघ ४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवार टुङ्ग्याउने कार्य गरिरहेको बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाँके जिल्लाको तीन वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।
नेकपाले बाँकेको तीनवटै क्षेत्रमा नयाँलाई उम्मेदवार बनाउँदै तीनवटै क्षेत्रमा युवालाई उम्मेदवार बनाएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले दिनु भएको जानकारी अनुसार नेकपाले बाँके क्षेत्र नम्बर १ का लागि नरेन्द्र पाण्डे जेम्स, क्षेत्र नम्बर २ का लागि दीपेन्द्र विष्ट र क्षेत्र नम्बर ३ का लागि दीपक जिएमलाई उम्मेदवार बनाएर टिकट प्रदान गरेको हो ।
उहाँले तीनै जना उम्मेदवारलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकेट दिएर पठाउनु भएको बताउनु भयो । जेनजी आन्दोलनका कारण यस पटक बाँकेमा सबै उम्मेदवार युवा र नयाँलाई सिफारिस गरिएकोमा पार्टीले सोही बमोजिम टिकेट दिएर पठाएको नेकपा बाँकेले जनाएको छ ।