बाजुराका किसानलाई धानबाली भित्र्याउन निकै सकस परेको छ । खेतमा धानबाली पोकर पँहेलीपन भएपनि यहाँ पानी पर्न नरोकिएपछि किसानलाई धानबाली भित्र्याउन सकस भएको हो ।
दसैँ अवधिभर बाँके जिल्लाबाट दुई करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत दुई करोड रुपियाँ बढीको खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् ।
लुना लुइटेल मिस नेपाल वल्र्ड–२०२५ भएकी छन् । दी हिडेन ट्रेजरद्वारा आयोजित मिस नेपाल वर्ल्ड ३१ औँ संस्करणमा २६ वर्षकी लुना मिस नेपाल वर्ल्ड भइन् ।
बुबा चन्द्रसिंह बराइली र आमा राधिका बराइलीकी प्यारी जेठी छोरी बाबुसँगै देउसीभैलो र बिहेबटुलोमा गीत गाउँदै बाबुको पछि लाग्न थालेकी थिइन् । सन् १९६० अप्रिल २५, रङ्गबुल चियाबारी सोनादा, दार्जिलिङमा जन्मेकी उनी बाल्यकालमा लजालु स्वभावकी थिइन् ।
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको १२ तले आधुनिक भवन निर्माणको काम २० महिनामा २९ प्रतिशत सम्पन्न भएको छ ।
नेपालीमा एउटा उखान छ ‘बाह्र छोरा, तेह्र नाति बुढाको धोक्रो काँधैमाथि’ । उमेरले त्रिहत्तर लाग्नुभएकी खुसरी तामाङको जिन्दगीमा यो उखान चरितार्थ भएको छ । उहाँ आफ्नो दैनिकी चलाउन डोको बेच्दै पोखरा बजार डुल्नुहुन्छ ।
बुद्ध सिंहमार्गमा पर्ने घुमाउने पुललगायत पाँच वटा पुलको निर्माण नहुँदा यात्रु कठिनाइमा परेका छन् । गाउँघर र सहरलाई जोड्ने यो मार्ग सधैँ जनजीवनका लागि महत्वपूर्ण मानिन्छ ।
मुस्ताङको लो–घेकेर दामोदर गाउँपालिका –२ स्थित घमीखोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मुस्ताङ भन्सार कार्यालयमा रोकिएका मालवाहक ‘कन्टेनर’हरू बाहिरिन थालेका छन् ।
देशभरबाट मनसुन बाहिरिएपछि डडेलधुरा सदरमुकामलगायत आसपासका क्षेत्रमा वर्षा सुरु भएको छ । सोमबार दिउँसोदेखि छिटफुट वर्षा सुरु भए पनि राति ठुलो वर्षा भएको छ । यो वर्षा किसानका लागि वरदान साबित भएको छ । यो वर्षाका कारण हिउँदे बाली लगाउनका लागि खनजोत गर्न सजिलो भएको छ ।
यहाँको राष्ट्रिय गौरवको नलगाड जलविद्युत् आयोजना अलपत्र परेको छ । सात वर्षअघि सुरु भएको नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएको दुई वर्ष बिते पनि सरकारले पहल नगरेपछि अलपत्र परेको हो ।
हुम्ला जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका–५ को तल्लो बजारमा ढलसहित सडकको आरसिसी ढुलान सुरु गरिएको छ । यसअघि गरिएको ढलान साँघुरो र पुरानो भई जीर्ण भएकाले नयाँ ढलसहितको छ मिटर चौडा सडकलाई आरसिसी ढलान भइरहेको हो ।
बाढीबाट क्षतिग्रस्त भएको बिपी राजमार्गको अस्थायी डाइभर्सन तीन दिनभित्र निर्माण गरिने भएको छ । बाढीले सडक बगाएपछि डाइभर्सन बिहीबारभित्र निर्माण गरी अवरुद्ध
मनसुन बाहिरिए पनि वर्षा भइरहेको सुदूरपश्चिम प्रदेशमा आजदेखि मौसम सुधार हुँदै जाने मौसमविज्ञले बताएका छन् ।
कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासस्वरुप आजदेखि चिकित्सको टोली परिचालन गर्ने भएको छ ।
कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहनुभएको छ ।