शेरबहादुर सार्की
बाजुरा, माघ ४ गते । बाजुराको गौमुल गाउँपालिका–२ माल्लोदुगुन (कुहुडा) बसोवास गर्ने स्थानीय विष्णु रोकायाको घरमा आगलागी हुँदा लाखौंभन्दा बढी रुपियाँको क्षति भएको छ ।
आज बिहान विधुतीय तारबाट आगलागी हुँदा रोकायाको घरमा राखेको नगद तथा अन्न लगायत लाखौं क्षति भएको हो ।
आगलागीबाट मानवीय र पशुचौपायमा क्षति नभए पनि घरमा रहेको पैसा लुगा कपडा अन्न जलेर नष्ट भएको आगलागी गाउँपालिका–२, माल्लोदुगुन (कुहुडा) का आगलागीपीडित विष्णु रोकायाले बताउनु भयो ।
उहाँले भन्नु भयो, “आगलागीबाट घर तथा घरमा रहेको खाने कुरा लगाउने कपडा सबै जलेर नष्ट भएपछि अहिले मेरो परिवार चिसोमा त्रिपालको बास बस्नु पर्ने भएको छ ।”
बर्खाको समय मरिमेटी उतपादन गरेको अन्न र मजदुरी गरेर कमाइ गरेको ५० हजारभन्दा बढी रकम जलेर नष्ट भएपछि अहिले परिवारलाई के खाने र कहाँ गएर बसोवास गर्ने समस्या भएको रोकायाले बताउनु भयो ।
आगलागीबाट रोकायाको बीस लाखभन्दा बढी क्षति भएको गौमुल गाउँपालिका–२ का वडा अध्यक्ष देबबहादुर रोकायाले बताउनु भयो । परिवारको समस्यालाई मध्यनजर गर्दै राहत सहयोग गरिदिन पीडित रोकायाले बताउनु भयो ।