शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुजल श्रेष्ठ
प्युठान, माघ ४ गते । प्युठानमा बसको ठक्करबाट एक शिक्षिकाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका–४, खवाङ निवासी ३२ वर्षीया रिमा गिरीको बसको ठक्करबाट ज्यान गएको हो ।
घरनजिकै लु. १ ख. ८४७९ नम्बरको बसले ठक्कर दिँदा घाइते गिरीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ। गिरी अन्धनासक माध्यमिक विद्यालय लिघाकी शिक्षिका हुनु हुन्थ्यो ।