शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ४ गते । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपमा भारतसँग बराबरी खेलेको छ ।
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा आइतबार भएको खेलमा नेपाल भारतसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बाँडेको छ । पहिलो खेलमा श्रीलङ्कालाई हराएको नेपालले दुई खेलबाट चार अङ्क बनाएको छ ।
नेपालका लागि विक्रान्त नरसिंह राना, अमित लामा र विजय श्रेष्ठले गोल गर्नुभयो । भारतका लागि लालट्लुएन्जेला, अनमोल अधिकारीले र निखिल राजेन्द्र मालीले गोल गर्नुभयो । नेपालले अर्को खेल मङ्गलबार पाकिस्तानसँग खेल्नेछ ।