टोपलाल अर्यालरेसुङ्गा, वैशाख ३ गते । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ का ५६ वर्षीय तिलबहादुर विकलाई नकबजनी चोरीमा जिल्ला अदालत गुल्मीले ०५७ साल जेठ २२ गते १७ दिन कैद र एक हजार ५०० रुपियाँ जरिवानाको फैसला गरेको थियो । तर उहाँ २४ वर्ष फरार हुनुहुन्थ्यो । प्रहरीले ०८१ चैत २९ मा पक्राउ गरेर अदालत पेस गरेको छ । त्यस्तै लागु औषध मुद्दामा ०७७ जेठ २६ गते गुल्मी जिल्ला अदालतबाट दुई महिना कैद र दुई हजार रुपियाँ जरिवाना भएका गुल्मीदरबार गाउँपालिका–५ का २५ वर्षीय क्यिटन परिवार गत चैत २५ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । त्यस्तै सत्यवती गाउँपालिका–६ का ४२ वर्षीय शङ्करप्रसाद भण्डारीलाई चेक अनादर गरेको मुद्दामा जिल्ला अदालत गुल्मीले ०७९ असार २३ गते तीन हजार रुपियाँ जरिवाना फैसला भएको थियो । भण्डारीलाई प्रहरीले तीन वर्षपछि चैत २८ गते पक्राउ गरेर अदालत पेस गरेको छ । इस्मा गाउँपालिका–६ का ४१ वर्षीय भोटबहादुर कुमाललाई जबरजस्ती चोरीमा जिल्ला अदालत गुल्मीबाट ०७० जेठ २५ गते एक वर्ष १५ दिन कैद र ५० हजार ८५० रुपियाँ जरिवाना फैसला भएको थियो । फरार कुमाललाई ११ वर्षपछि गुल्मी प्रहरीले गत चैत २५ गते पक्राउ गरेर अदालत पेस गरेको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो समय नियमित पत्रकार सम्मेलन गर्दै आएको छ । सम्मेलनमा मासिक विवरण सार्वजनिक गर्ने गरिएको छ । जस अनुसार फैसला कार्यान्वयन तर्फ चैत महिनामा ११ जना फरार प्रतिवादी पक्राउ गरेर अदालत पेस गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो । जसमा पाँच वर्ष सात महिना सात दिन कैद र पाँच लाख ८२ हजार ६२० रुपियाँ जरिवाना असुल भएको भुजेलले बताउनुभयो ।
तम्घास–सिमलटारी सडकमा पुल नहुँदा खोलामा आएको बाढीमा तर्न नसकेपछि मालिका गाउँपालिका–७ का कृष्णबहादुर थापाको समयमै उपचार भएन र उहाँको २०७८ असारमा ज्यान गयो । त्यति बेला कोभि
बाबुराम कार्की वराहक्षेत्र, वैशाख ३ गते । पूर्वी नेपालको इलाममा नयाँ प्रजातिको चरा फेला परेको छ । इलाम जिल्लास्थित समुद्र सतहबाट तीन सय मिटर उचाइमा नयाँ प्रजातिको चरा ‘बैजनी कोइली’ [भाइलेट कुक्को] अभिलेख गरिएको हो । इलामको सुखानी वन क्षेत्रबाट नेपालको लागि नयाँ प्रजातिको चरा बैजनी कोइली चरा अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताउनुभयो । उहाँका अनुसार नेपालका चराविद् राजेन्द्र गुरुङको टोलीले चरा अवलोकनको क्रममा गत चैत २५ गते पहिलो पटक बिहान ११ बजेर बिस मिनेटको समयमा भाले भाइलेट कुक्को देख्नुभएको थियो । चैत २५ गते नै पटक पटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा चराको अवलोकन गरिएको र सोही दिन चराको अभिलेख गरिएको चराविद् गुरुङको टोलीले जनाएको छ । समुद्र सतहबाट ३०० मिटर उचाइमा नेपालको लागि नयाँ प्रजातिको बैजनी कोइली चरा अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताउनुभयो । राजेन्द्र गुरुङको साथमा रहेका मलेसियाली नागरिक रगर रबर्ट रजँ र नेपाली चराविद् अनिश तिम्सिनाले खोला छेउछाउका रुखहरूमा करिब २० मिटरको दूरीमा अवलोकन गर्नुभएको र मलेसियाली नागरिक अलेक्जेण्डर जोन आङ याङले चराको आवाज पहिचान गरी पहिल्याउनुभएको थियो । नेपाल चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलका अनुसार चराको बारेमा प्राप्त विवरण अध्ययन अनुसन्धान गरी राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छिविद्हरुको राय सुझाव प्राप्त भएपछि बैजनी कोइलीको पहिलो पटक अभिलेख गरिएको हो । कुकुलीफोर्मस वर्गको कुकुलिडी परिवारमा पर्ने यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, बङ्गलादेश, ब्रुनाई, चिन, भारत, इन्डोनेसिया, लाओस्, मलेसिया, म्यानमार, थाइल्यान्ड भियतनाममा आवासीय रूपमा पाइने र यी चराहरुले भुटान, फिलिपिन्स, सिङ्गापुरमा प्रजनन गर्ने डाक्टर सुवेदीले बताउनुभयो । विश्वमा यस चराको दुई उपप्रजाति सि एक्स जेन्थ्रोराइन्चस र सि एक्स एमिथाइस्टिनस अभिलेख भएका छन् । नेपालमा अभिलेख भएको चरा सि एक्स जेन्थ्रोराइन्चस उपप्रजातिमा पर्ने भाइलेट कुक्को भएको उहाँले बताउनुभयो । पहिलो पटक इलाममा भेटिएको भाइलेट कुक्को चरा पुष्टि गरी नेपाली नाम बैजनी कोइली राखिएको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ । नेपालमा १५ प्रजातिका कुकुलीफोर्मस वर्गका चराहरू पाइँदै आएकोमा बैजनी कोइली थपिएसँगै १६ प्रजाति भएको संयोजक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जुरे कोइली, ठुलो जुरे कोइली, कोहो कोइली, हरित कोइली, धर्के खैरो कोइली, पेटकैले कोइली, फुस्रो साने कोइली, चिबे कोइली, बीउकुहियो, गोलसिमल, पपिहा, काफल कोइली, कुक्कु कोइली, पूर्वीय कोइली, सानो कोइली प्रजातिका चराहरू पाइँदै आएको थियो । नेपालको अभिलेखमा थप एउटा प्रजातिको सङ्ख्या थप भएको छ । नयाँ प्रजातिको चरा थपिएसँगै नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९९ पुगेको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
पर्यटकीय गन्तव्य स्थलका रूपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्तीसारमा मङ्गलबार हात्ती पूजा गरेर वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ । मानव र हात्तीबिच सहअस्तित्व कायम ग
नेपालको लोपोन्मुख जातीमध्येको एक पूर्वी नेपालको मेचे समुदायको प्रमुख चाड ‘बैशागु बथर’ को उपलक्ष्यमा मेचीनगर नगरपालिकाले नगरभित्र बुधवार सार्वजनिक बिदा दिएको छ । मेचीनगर नगरपालिका मेचे समुदायको प्रमुख बसोबास रहेको क्षेत्र हो ।
हिमाली जिल्ला हुम्लाबाट कर्णाली प्रदेश सरकारको आयोजना बैङ्कका लागि पाँच हजार योजना सिफारिस भएका छन् । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले निर्माण गर्ने योजना बैङ्कका लागि जिल्लाबाट सिफारिस भएर आएका योजनालाई मात्र कार्यान्वयन
पोखरा महानगरको वडा नम्बर ६ र १७ मा पर्ने गाईघाटको टापु हटाएर फेवाताल चक्ल्याइने भएको छ । पोखराको मध्य भाग हुँदै बग्ने फिर्के खोलाले ल्याएको माटो, फोहोर, प्लास्टिक आदि जम्मा भएर यहाँ फेवाताल पुरिँदा टापु जस्तो जमिन बनेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
चुरेभेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, दापडाँडाका स्थानीय एकजुट भएर बिग्रेको सडक मर्मत गरेका छन् । गएको चैत २८ गते पाँच घ
तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन भएको छ ।
सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ ।
बाजुराका बाढीपहिरो तथा भूकम्पपीडितले पाँच वर्षपछि मात्र बल्ल तेस्रो किस्ता रकम पाउने भएका छन् । बाढीपहिरो तथा भूकम्पबाट प्रभावित भएकालाई स्थानीय तहले १० प्रतिशत, प्रदेशले ३० र सङ्घीय सरकारले ६० प्रतिशत रकम दिने निर्णय भएको थियो ।
कर्णाली प्रदेश सरकारले धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । बजेटको स्रोत सुनिश्चितता भएका र बहुवर्षीय आयोजनाका पूर्वाधार निर्माण गर्ने नीति अनुरूप काम गरिरहेको हो । अघिल्ला वर्ष ठेक्का लागेका केही पूर्वाधार निर्माणका काम भने सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०/८१ देखि हालसम्ममा प्रदेशभर ६५ वटा पुल निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार २३ पक्की तथा ४२ झोलुङ्गे पुल निर्माण भएका हुन् ।
बागलुङ र पर्वतलाई दुई विन्दुमा पारेर कल कल बगिरहेको कालीगण्डकी, कालीगण्डकीको बागलुङतर्फको छेउमा छ वरिपरि पुराना जस्तापाताले बेरिएको र माथि ढलान गरिएको सानो सत्तल छ । एक