• ५ माघ २०८२, सोमबार

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

blog

सर्वपक्षीय छलफलमा सहभागी राजनीतिक दल तथा सुरक्षा निकायका प्रतिनिधि ।तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता

हेटौँडा (मकवानपुर), माघ ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा तयारी तीव्र बनाइएको छ । मनोनयन दर्ता तथा निर्वाचन व्यवस्थापनसम्बन्धी सर्वपक्षीय छलफलका व्रmममा जिल्लाका राजनीतिक दलले निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार माघ ६ गते मनोनयन दर्ताका लागि दलगत समय विभाजन गरिएको छ । माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएकोमा बिहान १० देखि ११ बजेसम्म मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी, ११ देखि १२ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी, १२ देखि १ बजेसम्म नेकपा (एमाले), १ देखि २ बजेसम्म राप्रपा, २ देखि ३ बजेसम्म नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई मनोनयन दर्ताको समय तोकिएको छ । त्यस्तै नेपाली कांग्रेसलाई ३ देखि ४ बजेसम्म र ४ देखि ५ बजेसम्म उज्यालो नेपाल पार्टीलाई समय तोकिएको छ । 

हेटौँडा–११, थानाभ¥याङस्थित प्रादेशिक कृषि थोक बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न समय तोकिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले बताउनुभयो । स्वतन्त्र उम्मेदवारका लागि भने तोकिएको समयभित्र जुनसुकै बेला मनोनयन दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचनलाई भयरहित बनाउने उद्देश्यले सबै दलबिच सकारात्मक समन्वय आवश्यक रहेको बताउँदै मनोनयन दर्ताका व्रmममा आवश्यक कागजात साथमा ल्याउन आग्रह गर्नुभयो । छलफलमा जिल्लाका सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार उम्मेदवार मनोनयनका व्रmममा गेटसम्म समर्थक आउन सक्ने भए पनि गेटभित्र एक उम्मेदवारसँग अधिकतम १५ जना मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ ।

“निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक छ,” प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि जिल्लामा करिब चार हजार तीन सय प्रहरी परिचालन गर्ने तयारी गरिएको छ । केन्द्रीय सुरक्षा रणनीति अनुसार उम्मेदवार तथा मतदान स्थलको सुरक्षा कडाइपूर्वक गरिने बताइएको छ ।