गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ५ गते । राजनीतिक दलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार टुङ्गो लगाउन छलफल जारी राखेका छन् । निर्वाचन आयोगले माघ ६ गते अर्थात् मङ्गलबार उम्मेदवारी दर्ताको कार्यतालिका राखेकाले दलहरूलाई उम्मेदवार टुङ्गो लगाउन भ्याइनभ्याइ भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अधिकांश उम्मेदवारका नाम टुङ्गो लगाएको छ भने नेपाली कांग्रेसले मापदण्ड बनाएरै नाम टुङ्गो लगाउन सूची तयार गरिरहेको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तीन प्रदेशमा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि अधिकांश प्रदेशमा उम्मेदवारको नाम टुङ्ग्याएका छन् ।
एमालेले अधिकांशको नाम टुङ्ग्यायो
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा सदस्यका लागि पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ । एमालेको सचिवालय बैठकले १६५ मध्ये अधिकांश निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । कतिपय क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले नै उम्मेदवारको छिनोफानो गर्ने अधिकार सचिवालयले प्रदान गरेको छ ।
सचिवालय बैठकले झापा–५ मा अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई पाल्पामा उम्मेदवार बनाउने शनिबार बसेको सचिवालय बैठकको निर्णय छ । एमालेले उपमहासचिव लेखराज भट्टलाई कैलाली–४ मा उम्मेदवार बनाएको छ । सो क्षेत्र उहाँको गृह निर्वाचन क्षेत्र पनि हो । एमालेका अर्का उपमहासचिव योगेश भट्टराईको भने चुनाव लड्ने वा नलड्ने टुङ्गो लागेको छैन ।
एमालेले कैलालीबाट क्षेत्र १ मा द्वारिका न्यौपाने, क्षेत्र २ मा सूर्यबहादुर थापा, क्षेत्र ३ मा गौरीशङ्कर चौधरी, क्षेत्र ४ मा लेखराज भट्ट, क्षेत्र नं. ५ मा यज्ञराज ढुङ्गाना, कञ्चनपुरको क्षेत्र १ मा कमला बोहरा, २ मा वचनबहादुर सिंह, ३ मा दीपक भट्ट, अछाम १ मा झपटबहादुर बोहरा, २ मा यज्ञ बोगटी, बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेलधुरामा चव्रm स्नेही, बझाङमा अफिलाल ओखेडा, बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्नालाई एमालेले उम्मेदवार बनाउने भएको छ । त्यस्तै कर्णाली प्रदेशको सल्यानमा गुलाबजङ्ग शाह, रुकुमपश्चिममा नन्दराम देवकोटा, सुर्खेत १ मा ध्रुव शाही, २ मा कुलमणि देवकोटा, कालीकोटमा नागेन्द्र शाही, जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्क रोकाया, दैलेख १ मा रवीन्द्रराज शर्मा र २ मा लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने भएको छ ।
सोही अनुसार जाजरकोटमा डम्मरबहादुर सिंह, लुम्बिनीको नवलपरासी १ मा रामप्रसाद पाण्डे, २ मा भगवतीप्रसाद यादव, रुपन्देही ३ मा वासुदेव घिमिरे, ५ मा खिमलाल भट्टराई, कपिलवस्तु १ मा विश्राम चौधरी, ३ मा वीरेन्द्र कडौनिया, दाङ ३ मा घनश्याम पाण्डे बाँके १ मा सूर्य ढकाल, ३ मा दलबहादुर सुनार, बर्दिया १ मा शालिकराम अधिकारी, २ मा विमला विक, पाल्पा १ मा नारायण आचार्य, २ मा विष्णुप्रसाद पौडेल, रोल्पामा गोकुल घर्ती, प्युठानमा सूर्यबहादुर थापा क्षेत्री, अर्घाखाँचीमा पीताम्बर भुसाल, गुल्मी १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्णराज विष्टलाई पार्टीले उम्मेदवार बनाएको छ ।
त्यस्तै नवलपुर १ मा भागीरथ सापकोटा, २ मा तिलबहादुर महत क्षेत्री, गोरखा १ मा आरसी लामिछाने, २ मा मिलन गुरुङ, पर्वतमा पदम गिरी, तनहुँ १ मा भगवती न्यौपाने, २ मा केदार सिग्देल, स्याङ्जा १ मा मीनप्रसाद गुरुङ र २ मा खिमबहादुर थापालाई उम्मेदवार बनाएको छ । म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, कास्की १ मा बैनबहादुर क्षेत्री, २ मा कृष्ण थापा, ३ मा दामोदर बैरागी, बागलुङ १ मा हिरा केसी र २ मा मञ्जु शर्मा चालिसे, मुस्ताङमा इन्द्रधारा विष्ट, मनाङमा पोल्देन सोताङ गुरुङलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । त्यस्तै बागमती प्रदेशको सिन्धुली १ मा प्रदीप केसी (कटुवाल), २ मा मनोजजङ्ग थापा, रामेछापमा माधवप्रसाद ढुङ्गेल, दोलखामा पार्वत गुरुङ, सिन्धुपाल्चोक १ मा आङदोर्जे शेर्पा र २ मा शेरबहादुर तामाङ, काभ्रे १ मा अमित लामा, धादिङ १ मा भूमि त्रिपाठी, २ मा धनबहादुर घले, नुवाकोट १ मा बद्री मैनाली, २ मा केशव पाण्डे, रसुवामा प्रेमबहादुर तामाङ, मकवानपुर १ मा रामेश्वर राना, २ मा महेश बर्तौला, चितवन १ मा कृष्णराज (कमल) पाठक, २ मा अस्मिन घिमिरे र ३ मा शङ्करराज थपलियालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै काठमाडौँ १ मा मोहन रेग्मी, २ मा मणिराम फुयाँल, ३ मा रामेश्वर फुयाँल, ६ मा अमनकुमार मास्के, ८ मा राजेश शाक्य, १० मा विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै ललितपुर १ मा चेतनाथ सञ्जेल, २ मा प्रेमबहादुर महर्जन र ३ मा टुङ्गो लाग्न बाँकी छ । त्यस्तै मधेश प्रदेशको सप्तरी १ मा सुमन प्याकुरेल, २ मा सतीश सिंह, ३ मा ताराकान्त चौधरी र ४ मा बालकृष्ण चौधरी, सिराहा १ मा केदार यादव, २ मा नवीनकुमार यादव, ३ मा लीलानाथ श्रेष्ठ र ४ मा बिल्टु यादव, धनुषा १ मा रामचन्द्र मण्डल, २ मा उमाशङ्कर अग्रहरी, ३ मा जुली महतो र ४ मा रघुवीर महासेठलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै महोत्तरी १ मा लक्ष्मी महतो कोइरी, २ मा रामपरीक्षण यादव, ४ मा सरोज यादव, सर्लाही ३ मा हरि उप्रेती, रौतहट १ मा अजय गुप्ता, २ मा शैलेन्द्र साह, ३ मा कुन्दन कुशवाहा, ४ मा रामजी शाह, बारा १ मा अच्युत मैनाली, २ मा बलवीर चौधरी, ३ मा ज्वाला साह र ४ मा किसान श्रेष्ठलाई उम्मेदवार बनाएको छ । पर्सा ३ मा प्रमोद जैसवाल ४ मा जालिम मियाँ अन्सारी, कोशी प्रदेशको पाँचथरमा अइन्द्र सुन्दर नेम्बाङ, इलाम १ मा काजिमान कागते र २ मा सुहाङ नेम्बाङ, झापा १ मा रामचन्द्र उप्रेती, २ मा देवराज घिमिरे, ४ मा मनोज ताम्ली र ५ मा केपी शर्मा ओलीलाई उम्मेदवार बनाएको छ । त्यस्तै सङ्खुवासभा १ मा डा. अर्जुन कार्की, धनकुटा १ मा राजेन्द्र राई, भोजपुर १ मा शेरधन राई, तेह्रथुम १ मा भानुभक्त ढकाल, सुनसरी १ मा सूर्य पन्दाक, २ मा जगदीश कुशियत, ४ मा भगवती चौधरी । त्यस्तै मोरङ १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगेडिया, ३ मा दिलीप राई, ४ मा जीवन घिमिरे, सोलुखुम्बु १ मा कल्पना राई, ओखलढुङ्गा १ मा अस्मिता थापा, उदयपुर १ मा दुर्गा थापा स्वोती, २ मा अम्बर रायमाझीलाई उम्मेदवार बनाएको छ । त्यस्तै एमालेले खोटाङमा देवविव्रmम राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपाले तीन प्रदेशमा टुङ्ग्यायो
आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले अधिकांश उम्मेदवार टुङ्गो लगाएको पार्टी कार्यालय सचिव गणेशमान पुनले जानकारी दिनुभयो । “जिल्ला प्रदेश हुँदै केन्द्रमा एकल नाम सिफारिस भएर आएका उम्मेदवारको सर्वम्मत रूपमा टुङ्गो लागेको छ । दुईभन्दा बढी उम्मेदवारको सिफारिस भएका क्षेत्रमा दुवै पक्षसँग छलफल गरेर नाम टुङ्ग्याइएको छ,”