हुलाक सेवा व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेको जिल्ला हुलाक कार्यालय रौतहटका हुलाक अधिकृत देवनाथ यादवले बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ ।
अर्जुनचौपारी गाउँपालिकाले पालिकाभित्रै आयुर्वेदिक औषधी उत्पादन गर्न थालेको छ । गाउँपालिकाको आयुर्वेद शाखा मार्फत दुई वटा मेसिनको प्रयोग गरेर आयुर्वेदिक औषधी उत्पादन थालेको हो ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा बुधबार राति सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।
सुनसरीका किसानहरुले लगाएको मौसमी र बेमौसमी तरकारी बालीमा ठुलो क्षति पुर्याएकाे कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्गको चौकीडाँडा खण्डको सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिनु भएको छ ।
भीरकोट नगरपालिका –१ प्रगतिटोलमा धारिलो हतियार प्रहार हुँदा एक जना घाइते भएका छन् ।यहाँको भीरकोट भिल्ला होटलमा धारिलो हतियार प्रहारबाट वालिङ नगरपालिका –१४ का सुवर्ण लुइँटेल गम्भीर घाइते हुनुभएको हो ।
गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको सदरमुकाम हो चैनपुर । चैनपुर अर्थात् चयनपुर जिल्लाको मुख्य सहर बजारमा पर्दछ । उल्लिखित देउडा गीतका दुई हरफले चयनपुर बजारको इतिहास र अवस्थालाई चित्रण गरेको छ ।
जिल्लाको बेनी नगरपालिका ४ सिंगाका पशुपालक किसानहरुले दैनिक पाँच सय लिटरभन्दा बढी दुध पोखरा निर्यात गर्न थालेका छन् ।
ढोका खुला थियो । भित्र कोठामा आकर्षक व्यक्तित्वको एक पुरुष उभिएर हातमा जादुमयी टर्चलाइट लिई मान्छेहरूको प्रतीक्षामा थियो । उसले सुमधुर आवाजमा बोलायो, “नम्बर ए
विकसित समाजमा कैदीबन्दीलाई केवल तारजाली लगाएको अग्लो पर्खालभित्र सीमित राख्ने मात्र नभई विभिन्न काममा लगाउने विधि, अभ्यास हुन थालेको छ । यसको उद्देश्य अपराधी/आरोपितमा सुधार, उनीहरूलाई समाजमा पुनर्स्थापना तथा जेलमा भिड कम गर्नु पनि हो । यसो गर्दा उनीहरूको श्रम शक्तिमा ह्रास आउँदैन तथा भएको सिप, क्षमता र कलाको सदुपयोग भएर व्यक्तित्व विकास र आयआर्जन बढाउन योगदान पुग्दछ ।
बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–६ पाँडीका महिलाहरुलाई यतिबेला कोदो टिप्न चटारो परेको छ ।असारमा लगाएको कोदो यती बेला पाकेपछि यहाँका महिलाहरुलाई टिप्न चटारो परेको हो ।
होटेल सङ्घ पोखराले पोखरा भ्रमणमा आएका पर्यटकलाई प्रचलित दररेटमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिकूल मौसममा पोखरा आउने पर्यटकलाई विशेष छुटको व्यवस्था मिलाइएको उल्लेख गरेको छ ।
सप्तरीको बलान बिहुल गाउँपालिका २ ओद्राहामा बुधबार एक महिलाको शङ्कास्पद मृत्युु भएको छ । आफ्नै सुत्ने कोठामा २० वर्षीया केसिला कुमारी यादव झुन्डिको अवस्थामा फेला पर्नुभएको थियो ।