भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कीर्तिपुर पुगेर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अनुगमन गर्नुभएको छ ।
मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमता भन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।
सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ।
अफगानिस्तानका संयुक्त राष्ट्रसङ्घ-स्वीकृत विदेशमन्त्री आमिर खान मुत्ताकीले बिहीबार भारतको पहिलो औपचारिक भ्रमण आरम्भ गर्नु भएको छ ।
नेपाली कांग्रेसको पदाधिकार तथा पूर्व पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ ।
यहाँको हतुवागढी गाउँपालिकाले वर्षाैंदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।
बिल बिजकभन्दा बढी मालसामान लोड गरिएको एक कन्टेनर ट्रकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका –१५ स्थित रातोमाटेमा बिरगञ्जबाट हेटौंडातर्फ आउँदैगरेको लु.२ ख ४०४१ नम्बरको कन्टेनर ट्रकलाई शंका लागी रोकेर जाँचगर्दा उक्त समान बरामद गरेको हो ।
सञ्चार तथा सूचना, प्रविधिमन्त्री जगदीश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने बताउनुभएको छ । एक सय ५१ औं विश्व हुलाक दिवस, २०२५ को अवसरमा ‘नागरिकका लागि हुलाक : स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने मूल नाराका साथ हुलाक सेवा विभागले बिहीबार आयोजना गरेको ‘हुलाक टिकटमा टाँचा प्रदान तथा बृहत हुलाक टिकट प्रदर्शनी कार्यक्रम’ मा उहाँले सो कुरा बताउनुभयो ।
इजरायल र हमासबिच बिहीबार गाजा युद्धविराम सम्झौतामा सहमति भएपछि दुई वर्षभन्दा बढी समयदेखि जारी रक्तपातपूर्ण युद्ध अन्त्य हुने सम्भावना देखिएको छ ।
कपिलबस्तु प्रहरीले पटाका भित्रिन नदिन जिल्लाका सीमा नाकामा निगरानी बढाएको छ । तिहारमा भारतबाट अबैधरुपमा भित्रिने पटाकाजन्य पदार्थको नियन्त्रणका लागि प्रहरीले बिशेष निगरानी बढाएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामका अनुसार इलाम नगरपालिकामा ४६, फाकफोकथुम गाउँपालिकामा १६, माई नगरपालिकामा १३, सन्दकपुर गाउँपालिकामा १२, माङ्सेबुङ गाउँपालिकामा ११, सूर्योदय नगरपालिकामा ५, देउमाई नगरपालिकामा ३ र माइजोगमाई गाउँपालिकामा दुई घरमा पूर्ण क्षति भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती समकक्षी किर स्टार्मरलाई भारतमा स्वागत गर्दै दुई देशबिचको सम्बन्धमा ‘उल्लेखनीय प्रगति’ भएको बताउनुभएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धविराम र बन्धक मुक्तिको लागि हमाससँग भएको सम्झौताको प्रशंसा गर्दै सम्झौताको अनुमोदन गर्नका लागि शुक्रबार मन्त्रीमण्डल बोलाउने निर्णय गरको जनाउनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिका –४ बाईपास रोडमा विज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेस्टुरेन्टबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई १३ लाख रुपियाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिएको छ ।
अस्ट्रेलिया र भारतबिच इन्डो-प्यासिफिक क्षेत्रमा स्थिरता कायम राख्ने उद्देश्यले बिहीबार नयाँ द्विपक्षीय सुरक्षा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा दुवै देशका रक्षामन्त्रीले हस्ताक्षर गर्नु भएको हो ।