• ५ माघ २०८२, सोमबार

लुम्बिनी प्रदेश सभाका दुई सांसद राजीनामा

blog

धनबहादुर मास्की र धर्मबहादुर चौधरी

सन्तोष दहित
दाङ, माघ ६ गते ।
लुम्बिनी प्रदेश सभाका दुई सांसदले राजीनामा दिनु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारीका लागि नेकपा माओवादीको तर्फबाट दाङको क्षेत्र नं २ को २ बाट निर्वाचित धनबहादुर मास्की  र नागरिक उन्मुक्ति पार्टीका (नाउपा)बाट बर्दिया क्षेत्र नं २ को २ बाट निर्वाचित धर्मबहादुर चौधरीले राजीनामा दिनु भएको छ ।

मास्कीलाई नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं ३ बाट उम्मेदवार बनाउने निर्णय गरेकाले चुनावमा भाग लिन प्रदेशसभा सदस्यबाट राजीनामा दिएको जानकारी दिनु भयो । यस्तै धर्मबहादुर चौधरी बर्दिया २ कोबाट उम्मेदवार बन्नका लागि राजिनामा दिएको बताउनु भयो ।  

मास्की र चौधरी लुम्बिनी प्रदेशको पूर्व मन्त्री हुनु हुन्छ । चौधरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) को महासचिव समेत नियुक्त हुनु भएको छ ।