सर्लाहीको लालबन्दीस्थित नगर अस्पताल डुमडुमेमा शल्यक्रिया (सिएस) मार्फत प्रसूति हुनेको सङ्ख्या पाँच सय नाघेपछि विशेषज्ञ चिकित्सकसहितको टिमलाई सम्मान गरिएको छ ।
निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
मानवसेवा आश्रम बागलुङ शाखामा १० करोडको अक्षयकोष बनाउन महायज्ञ गरिने भएको छ । आगामी कात्तिक २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन गरेर १० करोडको अक्षयकोष बनाएर आश्रमलाई नियमित सञ्चालनमा ल्याउने लक्ष्य राखिएको हो ।
इजिप्टको जितमा कप्तान मोहम्मद सलाहले उत्कृष्ट प्रदर्शन गर्नुभयो । एकपक्षीय खेलमा कप्तान सलाहले १४औँ र ८४औँ मिनेटमा दुई गोल गर्नुभएको हो ।
“आफ्नो आँखालाई माया गरौं” भन्ने नाराका साथ विश्व दृष्टि दिवसको जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरीको जाँच तथा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत करिब एक सय जनाभन्दा बढी प्रहरीको निःशुल्क आँखा जाँच गरी चस्मा वितरण गरिएको छ । विश्व दृष्टि दिवस तथा ७० औं प्रहरी दिवसको अवसरमा आँखा जाँच तथा चस्मा वितरण गरिएको हो ।
करिब २४ महिनादेखि इजरायलले अनिश्चितता, पीडा र निराशाको गहिरो अन्धकार सहनु परेको थियो । तर बिहीबार बिहान मध्य तेल अभिवको ‘होस्टेज स्क्वायर’ नामक स्थलमा खुशी, आँसु र राहतको मिश्रणसहित आशाको विस्फोट भयो ।
बाढीले प्रभावित भएका जलेश्वर नगरपालिकाको वडा १ र ८ का ९० घरपरिवारलाई राहत वितरण गरिएको छ ।
दोलखा जिल्लाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गई फर्कने क्रममा बिच बाटोमा फसेका चार जना विदेशी पर्यटकको बिहीबार उद्धार गरिएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला पर्नुभएको छ ।
बाँकेमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिई कुनै पनि प्रदर्शन, जुलुस, र्याली तथा कार्यक्रम गर्न नपाइने भएको छ ।
भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा तीन वृद्धाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित अन्दाजी ७५ वर्षिया वृद्धाहरुको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नं ४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वडा नं ३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन् ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ च्याउटारबेंसीमा पहिरोका कारण १५ घरपरिवार उच्च जोखिममा परेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा सञ्चार प्रविधिको विकास एवम् विस्तारसँगै हुलाक सेवालाई आधुनिक प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै जानु आजको मुलभूत आवश्यक रहेको बताउनुभएको छ ।