• ५ माघ २०८२, सोमबार

पूर्वपश्चिम झण्डा मार्च रौतहटलाई हस्तान्तरण

blog

सर्लाहीमा सशस्त्र प्रहरीले गरेको पूर्वपश्चिम झण्डा मार्च । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, माघ ५ गते । सशस्त्र प्रहरी बल नेपालको पूर्वपश्चिम झण्डा मार्च सर्लाहीबाट रौतहटलाई हस्तान्तरण गरिएको छ । 

२५ औँ सशस्त्र प्रहरी दिवस–२०८२ (रजत) महोत्सवको अवसरमा पूर्वको मेची र पश्चिमको महाकालीबाट सीमा क्षेत्रमा झण्डा मार्च कार्यक्रम सुरु गरिएको थियो । सो क्रममा पूर्व मेचीतर्फबाट सुरु भएको पूर्वपश्चिम झण्डा मार्च कार्यक्रम माघ २ गते महोत्तरीले सर्लाहीलाई हस्तान्तरण गरेको थियो । 

सर्लाहीमा दुई दिन सीमा क्षेत्रमा झण्डा मार्च गरी आइतबार साँझ रौतहटलाई हस्तान्तरण गरिएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवबहादुर चन्दले जानकारी दिनु भयो । सर्लाही र रौतहटको सीमामा पर्ने बलरा नगरपालिका–१, छन्कीटोलामा एक कार्यक्रमकाबिच पूर्वपश्चिम झण्डा मार्च कार्यक्रम रौतहटका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामहरि अधिकारीलाई हस्तान्तरण गरिएको हो । 

सीमा क्षेत्रको सुरक्षा र स्थानीय समुदायसँग सुमधुर सम्वन्ध कायम गर्ने उद्देश्यले पूर्वपश्चिम झण्डा मार्च कार्यक्रम गरिरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । पूर्व र पश्चिम दुवै क्षेत्रबाट एकैसाथ सुरु भएको झण्डा मार्च कार्यक्रम पर्साको ठोरीमा आएर मिलन हुने बताइएको छ ।