सुडानको मस्जिदमा अर्धसैनिक द्रुत समर्थन बलले गरेको आक्रमणमा १३ जनाको मृत्यु भएको विस्थापित परिवार रहेको सहर एल-फासेरमा शरण लिइरहेका दुई प्रत्यक्षदर्शीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
कैलाली कारागारबाट भागेका ३७३ जना कैदीबन्दी कारागार फर्केका छन् । स्थानीय प्रशासनले फर्कनका लागि तोकेको समय सीमासम्म सो सङ्ख्यामा कैदीबन्दी फर्केका हुन् ।
महिनौँको ढिलाइपछि सर्बियाको रूसी स्वामित्वमा रहेको एनआइएस तेल कम्पनीमाथि बिहीबारदेखि अमेरिकी प्रतिबन्ध औपचारिकरूपमा लागू भएको छ । यो कम्पनी देशको एकमात्र रिफाइनरी सञ्चालन गर्ने प्रमुख एकाइ हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको र प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलनरत समुह (हमास) ले मध्यस्थकर्ताको प्रयासको प्रशंसा गरेकोमा स्वागत गर्नु भएको छ ।
भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युमा संलग्न औषधी कम्पनीका मालिकलाई पक्राउ गरेको छ ।
तनहुँको व्यास नगरपालिका–१, भादगाउँ, दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा प्रशासनिक भवन निर्माण कार्य सुरु हुने भएको छ ।
सर्लाहीको कौडेनामा बाढीले बगाएर अवरुद्ध बनेको पूर्वपश्चिम हुलाकी राजमार्गमा भाइभर्सन बनाएपछि बिहीबारबाट चार पाङ्ग्रे सवारीसाधन सञ्चालन हुन थालेका छन् ।
मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिता एरिकाले ६८ केजीमाथि स्पर्धाको फाइनलमा एरिकाले ट्युनिसियाकी तेस्निम मास्कनीलाई २–० ले हराउँदै स्वर्ण जित्नुभएको हो ।
‘हुनेले दिउँ, नहुनेले लिउँ’ भन्ने मूल नारासहित झापाको दमक वडा ६ ले आफ्नो वडामा कपडा बैँक सुरु गरेको छ ।
विश्व दृष्टि दिवसका अवसरमा सुरक्षाकर्मीको निः शुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घले आफ्ना देशभर रहेका अस्पताल, उपचार केन्द्र तथा सञ्चाल मार्फत् सो सेवा प्रदान गरेको हो ।
हिमाली जिल्लामा हुने डालेचुक यस वर्ष हुम्लामा लटरम्म फलेको छ । डालेचुक फुल्ने बेला असिनापानी नपर्नु र हावाहुरी नलाग्नुले डाँलेचुक राम्ररी फलेको हो ।
हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।
यहाँको धनगढीमाई नगरपालिका-९ स्थित जिरोमाइल नजिकै आज बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ ।
गण्डकी प्रदेश भलिबल टिमका क्याप्टेन सन्जु विक्रम शाहीको कप्तानीको गल्याङ टिमले वालिङ–१२ लाई २५–१४, २५–२०, २५–२० को सोझो सेटमा पराजित गरेको हो ।
बाँकेमा अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ मा तरकारी तथा फलफूलजन्य वस्तुमा विषादीको मात्रामा वृद्धि भएको पाइएको छ ।