जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी र मधेश प्रदेश समितिको अधिवेशन गर्ने भएको छ । पार्टीको कोशी प्रदेश समिति र मधेश प्रदेश समितिको अधिवेशन हुन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
सल्यानमा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अघि बढेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत साउन १२ देखि कात्तिक ३० गतेसम्मका लागि नयाँ दर्ता एवं अद्यावधिक कार्य भइरहेको छ ।
सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति बिजुली सर्ट भएर लागेको भीषण आगलागीमा छ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा एक व्यक्ति घाइते भएका छन् भने करिब ५० लाख ३० हजार रुपियाँ बराबरको धनमाल तथा चौपायाको क्षति भएको छ ।
कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सरकारी खर्चमा आफ्नो निजी निवासमा तीन वटा एयर कन्डिसनर (एसी) लगाएको खुलेको छ ।
बैतडी जिल्लाका १० वटा स्थानीय तहले नियमविपरीत करारका कर्मचारी, सल्लाहकार, स्वकीय सचिव जस्ता पदमा ७६० जनाभन्दा बढी भर्ना गरेको देखिएको छ । त्यसरी भर्ना गरिएका कर्मचारी तथा सल्लाहकारहरूमा वार्षिक १६ करोड ८७ लाख रुपियाँ खर्च हुँदै आएको पाइएको नागरिक अगुवा गणेश ठकुराठीले बताउनुभयो ।
बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले राससलाई जानकारी दिनुभयो ।
पश्चिम नवलपरासी, जिल्लामा देखिएको रासायनिक मलको अभावलाई सम्बोधन गर्न कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीको पहलमा मलको कोटा वृद्धि भएको छ ।
बबई गाउँपालिकाभित्र रहेका सामुदायिक वनमा पुतली लागेर सामुदायिक वनमा ठूलो क्षति भएको छ । बबई गाउँपालिकाभित्र रहेका पदमपुर, शितलगैरा, पूर्व हापुरे, सीम गैरा, खयरभट्टी सामुदायिक वनमा पुतलीले करिव एक हजार एक सय हेक्टर क्षेत्रफलमा रहेका साल, सिसौ, बकाइनो, टीकका पातलगायत बुट्यानसमेत खाएर नष्ट गरेको छ ।
गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीय बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गेरुवा गाउँपालिका–५, झबही बस्ने २१ वर्षीय समीर तिरुवा सुनारलाई पक्राउ गरेको हो ।
जेनजी आन्दोलनका क्रममा तनहुँ जिल्ला कारागारबाट फरार भएका ११५ जना कैदीबन्दी तोकिएको म्याद सकिँदासम्म पनि कारागार फर्किएका छैनन् ।
मुस्ताङको लोघेकर दामोदर गाउँपालिका–२ स्थित घमीखोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मुस्ताङ भन्सार कार्यालयमा रोकिएका मालवाहक ‘कन्टेनर’ बाहिरिन थालेका छन् ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं –१ काँडावासी फोन आउँदा डाँडा धाउने गरेका छन् । जिल्लाका अन्य ठाउँमा फोरजी सेवा सुचारु भए पनि यहाँ भने अहिलेसम्म फोन समेत राम्रोसँग लाग्ने गरेको छैन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८ औँ सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आज ११ः०० बजे हुँदैछ ।
वैदेशिक रोजगारीको शिलसिलामा मलेसियामा रहेका सल्यानका एक युवकको मृत्यु भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गरी कावासोती नगरपालिकाले आधारभूत तह खेलकुद प्रतियोगिता सञ्चालन गरेको छ ।