• ५ माघ २०८२, सोमबार

पूर्व राज्यमन्त्री उप्रेतीको निधन

blog

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ।

काभ्रेपलाञ्चोक, माघ ५ गते ।पूर्व राज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ ।काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित घरमा ८२ वर्षको उमेरमा उहाँको निधन भएको हो । 

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उप्रेतीलाई उहाँको श्रीमतीको कारोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आउनु भएको थियो ।

 आज बिहान ३ बजे उहाँको निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले बताउनु भयो ।लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित हुनु भएको उहाँलाई मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ ले परिचित हुनु हुन्थ्यो । 

तत्कालीन समयमा सांसद हुँदै श्रम राज्यमन्त्री हुनु भएको उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गर्नु भएको थियो।

एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयाजन गर्नु भएको उहाँले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आउनु भएको थियो । 

काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको विकासमा उहाँको ठुलो योगदान रहेको छ ।

आज उहाँप्रति श्रद्धाञ्जली सभा गरी आफन्तको आगमन पश्चात आजै दिउँसो दोलालघाटमा दाहसंस्कार गरिने लामाले जानकारी दिनु भयो । रासस