नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्ट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बन्नु भएको छ ।
सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको अन्तिम दिन सोमबार स्वर्ण जित्नुभएको छ ।
धरान उपमहानगरमा राष्ट्रिय स्तरको दास्रो आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट माघ २३ गते हुने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाले मङ्गलबार हुन लागेको मनोनयन दर्ताका लागि फरक फरक राजनीतिक दललाई फरक फरक रुट र समय निर्धारण गरेको छ ।
सप्तरीको खडक नगरपालिका ५ स्थित खरचुइयामा अपहरणको घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सिरहाको लहान निवासी ताहिर मियाँ र सुदन मियाँ रहनुभएको छ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भूराजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।
पूर्वपश्चिम सडक खण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१५, नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री गृह जिल्ला झापा आउनुभएको छ । उम्मेद्वारी दर्ताका लागि अध्यक्ष ओली झापाको दमक आउनुभएको हो ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले तामाङ जातिको नयाँ वर्षका रूपमा मनाइने सोनाम ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र संवद्र्धनमा सबैलाई प्रेरित गर्दै आएको उल्लेख गर्नुभएको छ ।
अनशरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति भएको छ।
सप्तरीको खडक नगरपालिकामा एक वृद्धको रहस्यमय मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित कल्याणपुरमा ८५ वर्षीय असर्फी साहको आइतबार राति रहस्यमय अवस्थामा मृत्यु भएको हो ।
नेपाल र क्यानाडाबिचको विविध आयाम बारेमा चर्चा गर्दै नेपाल क्यानाडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।