• ६ माघ २०८२, मङ्गलबार

सिमेन्ट उद्योगमा पुरिएर मजदुरको मृत्यु

blog

लीलाधर वली

घोराही, माघ ५ गते । दाङको देउखुरीमा रहेको सम्राट समेन्ट उद्योगमा काम गर्ने एक मजदुरको पुरिएर ज्यान गएको छ । लमही नगरपालिका –७ स्थित सम्राट सिमेन्टमा काम गर्ने सोही वडाको कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

घटनामा परेर लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते चौधरीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उद्योगको पावर प्लान्टमा काम हुँदैगर्दा खनिएको खाडलमा माटोको ढिस्को खस्दा दुई जना मजदुर पुरिएका थिए ।