• १३ चैत २०८२, शुक्रबार

सप्तरीमा ठगी र चोरीमा संलग्न ६ जना प्रतिवादी पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत १३ गते ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार रहेका छ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठगी, चोरी र चोरी उद्योग मुद्दाका प्रतिवादीहरु रहेका छन् । यसैक्रममा प्रहरीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय पुनित कुमार मण्डलले एक महिलाको नग्न भिडियो बनाएर ह्वाटसमा फोन गरी मानसिक तनाव दिदै पैसा ठगेको आरोपमा पक्राउ गरेको छ ।

त्यसै राजेशकुमार यादवको निर्माणाधिन घरको सटरमा पार्किङ गरी राखेको प्र.२–०१–००२ प २६०४ टिभिएस मोटरसाइकल चोरीको आरोपमा राजविराज नगरपालिका वडा नम्बर १ का २२ वर्षीय मो. सर्फराज, महादेवा गाउँपालिका वडा नम्बर १ का मो. ईजहारुल, हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ का २० वर्षीय पुष्पा भन्ने पुष्पेन्द्र यादवलाई पक्राउ गरेको हो ।

यस्तै चोरी उद्योग गरेको आरोपमा कञ्चनरुप नगरपालिका वडा नम्बर १ का २३ वर्षीय शम्भु नारायण यादव र सप्तरी जिल्ला अदालतको कम्पाउण्ड भित्र राखिएको दशीको साईकल थान १ चोरी गरी लगेको आरोपमा सोही नगरपालिका वडा नम्बर ११ का २३ वर्षीय अर्जुनकुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । पक्राउ परेका प्रतिवादीहरुलाई सप्तरी जिल्ला अदालतबाट बिहीबार म्याद थप गरी अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।