आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि मङ्गलबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा मात्र नभई देशको भविष्य निर्माणसँग जोडिएको विषय भएको बताउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा एनआरटीले सातदोबाटो युवा क्लबलाई ३–१ गोलले हरायो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र २ बाट उम्मेदवार बन्नका लागि उहाँले राजीनामा दिनुभएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनप्रति नेपाल सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाई सोमबार पोखराबाट पक्राउ पर्नुभएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका अध्यक्षसमेत रहनुभएका प्रसाईंलाई कास्की प्रहरीले पक्राउ गरी राजधानी काठमाडौं पठाउने तयारी गरेको जनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुम पूर्वमा आई पुग्नुभएको छ ।
बैंककस्थित नोनथाबुरी रङ्गशालाको फुटसल एरिनामा सोमबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले हरायो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन्।
म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा (एमाले) जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताउनुभएको छ।
आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचनको मिति घोषणा भएसँगै राजनीति तातिएको छ । दलहरू चुनाव केन्द्रित भएका छन् ।
रबातमा आइतबार राति भएको खेलमा मोरोक्कोलाई १–० गोलले हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।