जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा नष्ट भएको कोहलपुर नगरपालिका ११ को कार्यालय अहिले पुनःनिर्माणको क्रममा छ ।
असोज १८ गते रातिको बाढीपहिरोले अवरुद्ध भएको इलामको फिक्कल–नयाँबजार सडक सञ्चालनमा आएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नु भएको सर्वदलीय बैठक राष्ट्रपति कार्यालयमा सुरु भएको छ । बैठकमा २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र राजनीतिक सहकार्यका विषयमा छलफल हुँदैछ ।
मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहले असोज २८ गते प्रदेशसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । मुख्यमन्त्री सिंहले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम असोज २८ गते विश्वासको मतका लागि व्यवस्था मिलाइदिन प्रदेशसभालाई शुक्रबार पत्राचार गर्नुभएको हो ।
जापानमा बसोबास गर्ने विदेशी नागरिकको सङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । देशमा श्रम शक्ति अभावका कारण पछिल्ला वर्षमा विदेशी कामदारलाई ठूलो सङ्ख्यामा स्वीकार गरिँदै आएको छ ।
इजरायलको संसद (नेसेट) का अध्यक्ष अमिर ओहानाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेसेटमा सम्बोधन गर्न औपचारिकरूपमा आमन्त्रित गर्दै उहाँलाई ‘आधुनिक इतिहासमा यहुदी जनताको सबैभन्दा ठूलो मित्र र सहयोगी’को उपाधि दिनुभएको छ ।
संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।
पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका बेला प्रहरीलाई गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री र आफूले नदिएको प्रष्ट पार्नुभएको छ ।
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा विशेष अधिवेशनको विषयमा छलफल भएको छ।
युक्रेनको राजधानी किएभ शुक्रबार बिहान रुसको तीव्र हवाई आक्रमणपछि अन्धकारमा डुबेको छ ।
गृहसचिव रामेश्वर दंगालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपाललाई उच्च तयारीका साथ लाग्न निर्देशन दिनुभएको छ।
म्याग्दी, असोज २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल पुनहिलबाट देखिएको संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ ।
मोरक्कोका राजा मोहम्मद छैटौँले शुक्रबार संसद् उद्घाटन गर्दै राष्ट्रलाई सम्बोधन गर्ने तयारी गर्नु भएको छ ।
छठ र दीपावली पर्व नजिकिँदै जाँदा धनुषासहित मधेशका विभिन्न ठाउँका कुम्हार समुदायका मानिस माटाका सामग्री बनाउने काममा निकै व्यस्त भएका छन् ।
भेनेजुएलाकी विपक्षी कार्यकर्ता मारिया कोरिना मचाडोले शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जित्नुभएको छ ।