घोराही उपमहानगरपालिका–१७ पचुर्खाका चित्रे बादी अघिपछि फुर्सिदलमा बस्नुहुन्छ । तर चाडपर्वको समयमा भने उहाँलाई एकछिन पनि फुर्सद हुँदैन ।
जुम्लाको ऐतिहासिक सिँजा क्षेत्रमा अहिलेसम्म इन्टरनेट सेवा पुग्न सकेको छैन । इन्टरनेट सेवा नहुँदा स्थानीय समुदाय, विद्यालय तथा वडा कार्यालयले दैनिक प्रशासनिक र शैक्षिक काम गर्न समस्या भइरहेको छ । स्थानीयले फोन तथा इन्टरनेट दुवै सेवामा समस्या हुने गरेको बताएका छन् ।
निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि खुलाएसँगै जिल्ला निर्वाचन कार्यालय खोटाङमा चहलपहल बढेको छ । फागुनमा घोषणा भएको निर्वाचनका लागि युवाले मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका हुन् ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–६, पाँडीका महिलालाई अहिले कोदो टिप्न चटारो परेको छ । असारमा लगाएको कोदो अहिले पाकेपछि यहाँका महिलालाई अहिले त्यो टिप्न चटारो परेको हो ।
कञ्चनपुरका झन्डै ७३ हजार नागरिकको जमिनको मालिक बन्ने सपना अधुरै रहेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोग सरकारले विघटन गरेपछि कञ्चनपुरका ७२ हजार ९३० भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीको जमिनको मालिक बन्ने सपना अधुरै रहने भएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जिल्लामा पर्याप्त मात्रमा नुन रहेकोे जनाएको छ । यहाँस्थित डिपोमा अहिले करिब छ हजार क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस गुल्मीका ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४६ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।
मालपोत कार्यालय चितवनले जिल्लाका जग्गाधनीको प्रमाणपत्रको स्रेस्ता कायम सुरु गरेको छ । जेनजी आन्दोलनकारीले कार्यालयमा गरेको आगजनीका कारण सबै काग
नैतिकता सामाजिक मूल्यको सिद्धान्त हो । नैतिकतामा एकरूपता नहुनु वर्तमान समयको मूल समस्या हो । नेपालको समाज आज अभूतपूर्व सङ्कटको घेरामा छ । यो सङ्कट राजनीति, अर्थतन्त्र वा वातावरणको मात्र होइन, यो नैतिकताको गहिरो क्षयको सङ्कट हो ।
नेपाल नेत्र ज्योति संघ डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीमा कार्यरत ११८ जना प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरेको छ ।
‘चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले यसको प्रयोग कम गर्न विश्व स्वास्थ्य सङ्घले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्यविद्ले सन् २००२ मा सुझाव दिएका थिए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडाको राप्ती खोलामा बनेको राप्ती पुल मर्मतसम्भार अभावले जोखिमयुक्त बन्दै गएको हो । वर्षामा राप्तीखोलामा आएको बाढीले पिल्लरमा
उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ ।अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता गर्ने र सुनुवाइ गर्ने कार्य सुरु हुनेछ ।
गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग शनिबारदेखि खुलाइएको छ ।
नेपालको उत्तर–दक्षिण जोड्ने महत्वाकाङ्क्षी योजना ‘कालीगण्डकी कोरिडोर’ अहिले केवल सडक सञ्जालको विस्तार होइन, नेपालको भूराजनीतिक तथा आर्थिक सम्भावनालाई नयाँ दिशा दिने राष्ट्रिय गौरवको परियोजनाका रूपमा अगाडि बढिरहेको छ ।